तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी कायम सचिवमा न्यौपाने सम्मत, अध्यक्षमा भट्टराई बलियो

दमौली खबर संवाददाता

दमौली, फागुन २३

नेपाल शिक्षक संघ तनहुँको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी कामय भएको छ । रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट र चन्द्रमणी कोइरालाको कायम भएको हो ।

उम्मेदवारी दर्ता गर्नु भएको कार्यबाहक अध्यक्ष रसामाया गुरुङले सोमबार उम्मेदवारी फिर्ता लिनु भएको हो । अध्यषको लागि ६ जनाको उम्मेदवारी परेकोमा एक जनाले फिर्ता लिएकोले पाँच जनाको कामय भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिनु भएकी रसामायाले फिर्ता लिइ संघीय महिला प्रतिनिधिमा उम्मेदवारी दिनु भएको निर्वाचन कमिटीले जनाएको छ ।

फागुन २४ गतेसम्म उम्मेदवारी दिएका ५ जना मध्ये केही व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिइ अर्को उम्मेदवारलाई समर्थन गर्ने सम्भावना बढ्दो रहेको बताईएको छ । निर्वाचन समितिका संयोजक हरिराज काफ्लेले अध्यक्षमा ५ जनाको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै महिला उपाध्यक्षमा लक्ष्मी मल्ल र शान्ता वास्तोला, खुल्ला उपाध्यक्षमा अशोकचन्द्र वाग्ले र शिवलाल पन्थले उम्मेदवारी दर्ता गरेका छन उनले भने । खुल्ला सचिवमा नरेन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन । सचिव अर्थमा राजु ढकाल र कृष्णप्रसाद तिवारी, सहसचिव खुल्लामा विजयराज खनाल, दयाराज कट्टेल, गोविन्द खड्का र खेमराज रेग्मी, सहसचिव समावेशीमा नन्दु थापा, विष्णुप्रसाद श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ र तुलबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य जगतबन्धु वाग्लेले बताउनुभयो । त्यस्तै खुल्ला सदस्यमा केशवराज घिमिरे, बुद्धिबहादुर बराली, तिलकबहादुर खड्का, नारायण बानिया, लालमणि पौडेलले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

त्यस्तै प्रदेश प्रतिनिधिमा उपेन्द्र न्यौपाने, श्रीकृष्ण आचार्य, गणेशकुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, अर्जुन अधिकारी, दाधिराज शर्मा, ज्ञानेन्द्र जिसी, युवराज शाखी, हरिभक्त सुवेदी, गोपीकृष्ण तिवारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । त्यस्तै संघीय प्रतिनिधिमा विरबहादुर गुरुङ, पदम खनाल, नारायणप्रसाद अधिकारी, प्रमोद न्यौपाने, अनिल श्रेष्ठ, तेजबहादुर गुरुङ, नारायणप्रसाद पोख्रेल, पिताम्बर सिग्देल, रामचन्द्र पोख्रेल (आरसी), सतार मिया, रोहिणीराज पौडेल, लोकराज सेढाइ, ओजराज बगालेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सल्लाहकार यज्ञ रानाले बताउनुभयो ।

शिक्षक संघमा २ हजार २ सय १२ जना मतदाताले अध्यक्ष लगायतका पदको छिनोफानो गर्नेछन् । शिक्षक संघ तनहुँको २७ सदस्यीय समितिमा निर्वाचन हुन लागेको निर्वाचन समितिका संयोजक काफ्लेले जानकारी दिनुभयो । अध्यक्ष लगायत विभिन्न पदमा आकांक्षी उम्मेदवारहरु यतिबेला भोट माग्न व्यस्त भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button