अनाथ बालबालिकासँग होली मनाउन सकरात्मक

अनाथ बालबालिकासँग होली मनाएर तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाउनु सकरात्मक छ । जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरुको मनका उत्साह जाग्दछ । हाम्रो लागि बोलिदिने, हाम्रो लागि माया गर्ने मान्छे छन् भन्ने विश्वास बढाउन यस्ता कार्यले टेवा पुग्दछ । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएर बालबालिकाको मनमा खुसी थप्ने काम भएको छ वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन गरेर नगरपालिकाले उदाहरणीय काम गरेको छ ।

नगरपालिकाले अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा उदाहरणीय काम गरेको छ । ५० लाख अध्यन, खाना तथा आवासीय खर्च र ५० लाख रुपियाँ शिक्षक तथा कर्मचारी व्यवस्थापनको लागि एक करोड बजेट विनियोजन गरिएको बतार्ईएको छ । शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन् र उनिहरुको क्षमता विकासको लागि अवसर दिने प्रमुख उद्देश्यले विद्यालय सञ्चालन गरिएकोले यस्तै कार्य अन्य पालिकामा पनि हुनु आवश्यक छ । बालबालिका पहिलो अधिकार भनेको पोषणयुक्त खानेकुराको उपलब्धता र उचित शिक्षा र दिक्षा दिनु हो । आजका बालबालिकाका भोलीका कर्णद्धार भएकोले बालबालिकामा गरिएको लगानीले प्रतिफल दिन्छ । बालबालिकामा गरिएको लगानीलाई खेर गएको ठान्नु हुँदैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button