नेता भट्टराईद्धारा उपनिर्वाचनमा उम्मेदवारको घोषणा

दमौली खबर सम्वाददता

दमौली,फागुन २४

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाई उपभोत्ता समितिको मंगलबार प्रथम साधरण सभाको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

राष्ट्रपति वरिष्ठ नेता रामचन्द्र पौडेलको विजय सुनिश्चित भएकोले पाटी सभापति शेरबहादुर देउवाले चुनावको प्रचारमा हिड्नु टिकट तपाईले पाउनु हुन्छ भनेर भनेको भट्टराईले बताउनुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुरेश भट्टराईले लाभको पदमा नहुदाँ पनि ५७ वटा विभिन्न खानेपानी योजनाको लागि बजेटको व्यवस्था गर्ने बाटोघाटो पुल पुलेसा निर्माणमा ठुलो योगदान दिईसकेकोले नेता भट्टराईको जीत सुनिश्चित भईसकेको बताउनुभयो ।

कार्यक्रम एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोत्ता समितिका अध्यक्ष तेजबहादुर चितौरे मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । नेता पौडेल राष्ट्रपति निर्वाचित भएपछि उहाँको सांसद पद गुम्ने भएकाले उपनिर्वाचन हुन्छ । आठ दल सहितको गठबन्धनको साथ रहेकोले नेता पौडेलले झण्डै दोब्बर बढी मतभारले जित्ने सम्भावना रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button