आदिकवि भानुभक्त क्याम्पसद्धारा क्यूएए प्रमाणपत्र ग्रहण

दमौली खबर संवाददाता

दमौली, वैशाख २०

व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले संस्थागत शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र (क्यूएए) ग्रहण गरेको छ । विश्वविद्यालय अनुदान आयोग,सानोठिमी भक्तपुरको सभाहलमा आयोजित विशेष समारोहमा क्याम्पसका अध्यक्ष बुद्धिकुमार श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई विश्वविद्यालय अजुदान आयोगका अध्यक्ष प्रा .डा . देवराज अधिकारीले संयुक्तरूपमा हालै प्रदान गर्नुभयो ।

त्यस अवसरमा बोल्दै अधिकारीले क्याम्पसलाई बधाई दिदै उज्जवल भविश्यको कामना गर्नुभयो । कोअडिनेटर प्रा . डा. प्रेमराज पन्तले शिक्षा समाजका लागि भएको बताउनुभयो विज्ञ प्रा. डा . प्रदिप चन्द्र गौतमले क्याम्पसले राम्रो गर्दै गएको बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख हड्खलेले क्याम्पसलाई पुन क्यूएए प्राप्त हुनु गौरवको कुरा भएको वताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button