विद्यार्थीलाई विद्यालय पोशाक वितरण

दमौलीमा सक्रिय रहेको टिम नेपोले भानु ६ मान्द्रेमा रहेको कालिका प्राविका विद्यार्थीलाई विद्यालय पोशाक सहित शैक्षिक सामाग्री बितरण गरेको छ । विद्यार्थीलाई शैक्षिक सामग्री सहित जुत्तामोजा ३९ जोर वितरण गरिएको टिप नेपो तनहुँका अध्यक्ष गोबिन्द तिमिल्सिनाले जानकारी दिए । विद्यार्थीको पढाईमा सहज गराउन विद्यालय पोशाक सहित शैक्षिक सामग्री वितरण
गरिएको उनले बताए ।

४० जना विद्यार्थीलाई पुग्ने गरि उक्त सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि बहादुर खत्रीले क्लबले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गरे । बिपन्न विद्यार्थीलाई लक्षित गरि क्लबले सहयोग प्रदान गर्दा विद्यार्थीको पढाइमा सहज हुने विद्यालयकि प्रअ कल्पना अधिकारीले बताइन् । कार्यक्रम क्लबका पदाधिकारीहरु लगायत विद्यालय व्यवस्थापन समितीका पदाधिकारीको उपस्तिथि रहेको
थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button