भण्डारीलाई फेरि वनमन्त्री बन्ने इच्छा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई फेरि वनमन्त्री बन्ने इच्छा राखेका छन । तनहुँको आँबुखैरेनी १ को वडा कार्यालयको बुधबार उद्घाटन गर्दै आफूले अवसर पाए पुनः वन मन्त्री हुने बताएका छन् । आगमी निर्वाचनमा नयाँ सरकारको नेतृत्व कांग्रेसले पाएमा आफू पुनः वनमन्त्री हुने इच्छा रहेको उनले व्यक्त गरे । ‘मैले पाएँ भने फेरि वन मन्त्री नै हुन्छु,’ उनले भने,‘मैले त्यहाँ सम्भावना देखेको छु ।’ आफ्नो इच्छा भन्दा पार्टी र देश ठूलो भएको भन्दै उनले पार्टीले अवसर दिएमा भने आफ्नो रोजाइ वन मन्त्रालय हुने बताए ।

प्रधानमन्त्री केपि शर्माओलिले देश चलाउन नसकेको कारण संसद विघटन गरेको बताए । उनले भने, सत्तारुढ कम्युनिष्ट सरकारले देश चलाउन नसकेकाले नयाँ जनमतमा जानुपर्ने भन्दै संसद बिघटन गरेको हो । देश चलाउन नसकेकै कारण संसद बिघटन गरेका हुन । नेपाली काङ्ग्रेसले अदालतको निर्णय पर्खने समेत उनले बताए । ७४ लाख ५९ हजार ९ सय ८६ रुपैंयाको लागतमा उक्त वडा कार्यालय भवन निर्माण गरिएको हो ।

वडा नं. १ का वडाध्यक्ष किसान थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्ले, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button