होमस्टे सम्म पर्यटक पु¥याउन साईकल लेन

कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । तैपनि पर्यटकको मन पहिलाको जस्तो घुमफिरमा खुलेको छैन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल अवस्थामा छ । कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको बन्दिपूर गाँउपालिकाले होमस्टे सम्म पर्यटक पु¥याउन साइकल लेनको निर्माण गरेको छ ।

पर्यटकीय गन्तव्य बन्दिपूर र बन्दीपूर ३ रामकोट होमस्टे सम्म गाँउपालिकाले साईकल लेन निर्माण गरेको हो । रानीवनको जङ्गलमा साइकल लेनको निर्माण गरिएको छ । गाउँपालिकाले छ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीन लाख लागत साझेदारीमा बन्दिपूर रामकोट जोडिने झण्डै पाँच किलोमिटर साईकल लेन निर्माण गरिएको हो । उक्त लेनको बुधबार गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरे । होमस्टेको पर्यटन प्रर्वद्धन गर्न साईकल लेन निर्माण गरेको उनले बताए । उनले भने,‘ साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएका छौं । सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने छ । ’

देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गरिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीलाई बन्दीपुरमा भित्र्याएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए । राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ । दुई वर्ष अघि सञ्चालनमा आएको रामकोट होमस्टे बीचमा कोरोना गर्दा ठप्प भएको थियो । साईकल लेनले होमस्टेको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने स्थानियको विश्वास छ । होमस्टे सञ्चालक समितिकी अध्यक्ष बिहीसरा आलेले भनिन्, ‘कोरोनाले गर्दा होमस्टे सुनसा नबनेको छ ।

गाँउपालिकाले साईकल लेन निर्माण गरिदियो, अब पर्यटक आउला नी । ’ समुद्री सतहबाट करिब १ हजार मिटर उचाइमा पर्ने रामकोटमा २०७५ भदौ ८ गते दर्ता भएको थियो । ८८ घरधुरी मगरहरूको मात्र बसोबास रहेको रामकोटका १४ घरमा मात्र होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा अहिले एकै साथ ४० जनासम्म पाहुना राख्न सक्ने क्षमता छ ।उक्त होमस्टे महिलाहरुको नेतृत्वमा सञ्चालनमा रहेको छ । ‘बैदेशिक रोजगारीका कारण गाउँमा बयस्क पुरुषहरु निकै कम छन् । तेही भएकाहरुले पनि होमस्टेको जिम्मेवारी लिएका छैनन् ।

पाहुनाको सम्पूर्ण जिम्मेवारी महिला समूहको हातमा छ ।’ गाँउपालिकाकी उपाध्यक्ष करुण गुरुङले भनिन्, ‘बन्दीपुर वरपर १० गाउँमा होमस्टे सुरु भएको छ । र, सबैको नेतृत्व महिलाले नै गरिरहेका छन् ।’ मगरहरूको बाक्लो बस्ती रहेको रामकोट मगरहरूको नमुना गाउँ हो जहाँ मगरहरूको एकीकृत बस्ती छ । ।पहाडकी रानी सुन्दरताकी खानीको उपमा पाएको बन्दीपुरसँगै जोडिएको गाउँ हो रामकोट । बन्दीपुर आउने अधिकांश पर्यटकहरू रामकोट पुगेकै हुन्छन् ।

उत्तरतर्फ लहरै देखिने हिमाल र विशाल सुखौराफाँट पनि पर्यटकलाई आनन्दित तुल्याउने विशेषता हुन । विशुद्ध मगरहरूको बस्ती रहेको रामकोटमा मगरहरूका जोडिएका घरहरू पनि हेर्न लायक विशेषता हो । सानो ठाउँमै व्यवस्थित रूपमा परम्परागत शैलीमा बनेका मगरहरूको मौलिक घुमाउने घर अर्को विशेषता हो । त्यहाँको एकीकृत बस्तीबाट पर्यटकहरूले मगर भाषा, संस्कृति र रहनसहनका बारेमा सिक्न एकदमै रमाइलो मान्ने गरेको स्थानीय बताउँछन् । मगरहरूको कौरा नाच पर्यटकहरूले अत्याधिक मन पराउने गर्छन् ।

साईकल लेन मार्फत तीन पालिका जोडिदै

बन्दिपूर गाँउपालिकाले साईकल लेन मार्फत होमस्टेलाई मात्र नभई तीन पालिकालाई जोड्ने अभियान थालेको छ । गााउपालिकाले व्यास नगरपालिका र आँबुखैरेनी गाँउपालिका सम्म साइकल लेन निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न पहल गरेको छ । बुधबार रामकोट सामुदायिक होमस्टेमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरि साईकल लेन विस्तारको अभियान बारे गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाले दमौली देखि बन्दीपूर हुदै छिम्केश्वरी सम्म साईकल लेन निर्माण तथा पर्यटन प्रर्वद्धन सम्बन्धी तनहँु क्षेत्र नं १ का ५ पालिका सँग अन्र्तक्रिया गरेको हो । तीन पालिकाको पर्यटकीय गन्तव्यलाई प्रत्यक्ष रुपमा प्रर्वद्धन गर्न साईकल लेनको पहल गरिएको गाँउपालिका अध्यक्ष थापाले बताए । व्यासको छाब्दी हुदै बन्दिपूरको रामकोट देखि आँबुखैरेनीको छिम्केश्वरीसम्म साईकल लेन निर्माण गर्न गाँउपालिकाले पहल गरेको छ । बन्दिपूर गाँउपालिकाले नौ कि.मी साईकल लेन निर्माण गरिसकेको छ ।

अध्यक्ष थापाले भने,‘कोरोनाले आंतक पारेको बेलामा पटकीय क्षेत्र चलायमान बनाउन तीन पालिका बीच साईकल लेनको अभियान ल्याएका हौं । यसले तीन वटै पालिकाको पर्यटकीय गन्तव्यको प्रर्वद्धन हुन्छ । ’ उनले अघि भने,‘नेपालकै मात्र नभई बन्दीपूरलाई एसियालीकै उत्कृष्ट पर्यटकी गन्तव्य बनाउने अभियानमा छौं । ’ गाँउपालिकाकी उपाध्यक्ष गुरुङले ग्रामीण भेगको पर्यटकीय गन्तव्यलाई पहिचान गर्न स्थानिय पालिकाको समन्वयमा साईकल लेनको अभियान थालेको बताईन् ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले उक्त अभियानमा व्यासको साथ रहेको बताए । उनले भने,‘व्यासले पनि खेलकुद माफृत पर्यटकीय गन्तव्य चिनाउन लागेको छ । ’ बन्दिपूर गाँउपालिकाले व्यास, आँबुखैरेनीलाई साईकल लेन मार्फत पर्यटन प्रर्वद्धन गर्ने सोच राखेको छ भने भानु देवघाटलाई अप्रत्यक्ष रुपमा पर्यटन प्रर्वद्धन हुने विश्वास राखेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button