आज व्यास नगरको चौथौ अल्ट्रा म्याराथन

व्यास नगरपालिकाले आयोजना गरेको चौथौ अल्ट्रा म्याराथनमा एक सय ६९ धावकको सहभागिता रहने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथनमा बिहिबार सम्म एक सय ६९ धावकले नाम दर्ता गरेका हुन् । विहिबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरि धावकलाई अभिमुखीकरण साथै रुट बारे जानकारी गराईएको छ ।

प्रतियोगितामा तनहँुका छिमेकी जिल्ला लमजुङ,कास्की, गोर्खा लगायत सोलुखुम्बु, सिन्धुली रुकुमबाट धावकले नाम दर्ता गराएको नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । व्यास वडा नं ५ मानुङ्गकोटबाट शुरु हुने म्याराथन शहिद स्मार्क पार्क रहेको व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ । प्रतियोगितामा ८ स्थलमा चेक पोईन्ट राखिएको छ । म्याराथनको संयोजकमा उपप्रमुख मिरा जोशी रहेकी छिन् ।

म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न म्याराथ गर्न लागेको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धावकहरुलाई अभिमुखिकरण गदै पर्यटकीय गाउँ मानुङ्गकोट र शहिदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत चार वर्ष देखि म्याराथनलाई निरन्तरता दिदै आएको बताए । गत वर्ष आयोजना गरिएको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङले प्रथम उपाधी जितेका थिए । यस पटक हुने प्रतियोगितामा पुरस्कार राशी वृद्धि गरेको छ । प्रथमलाई ८५ हजार ७७ रुपैयाँ, द्धितियलाई ६५ हजार ७७ रुपैयाँ तथा तृतियलाई ५५ हजार ७७ रुपैयाँ रहेको छ ।

यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ । पुरस्कार रकमको कर नगरपालिका आफैंले बेहोर्ने जानकारी दिइएको छ । गत वर्ष प्रथम हुनेलाई ८१ हजार ७६, दोश्रो हुनेलाई ६१ हजार ७६, तेश्रो हुनेलाई नगद ५१ हजार ७६ रुैपया र सान्त्वना हुने पाँच जनालाई १६ हजार ७६ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

आज व्यासमा सार्वजनिक बिदा

व्यास नगरपालिकाले शहिद दिवस माघ १६ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सुचना सार्वजनिक गदै शहिद दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले शहिद दिवसमा नेपाल सरकारले प्रदान गदै आएको सार्वजनिक बिदा केही वर्ष कटौती भएपनि नगरपालिकाले हरेक वर्ष अल्ट्रा म्याराथन गदै आईरहेकाले उक्त दिन सार्वजनिक बिदा दिईएको बताए ।

उक्त दिनमा नगरपालिकाको कार्यालय, वडा कार्यालय,शैक्षिक संस्था लगायत अन्य संघ सस्था बन्द रहने भएको छ । साथै नगरपालिकाले म्याराथनमा सहभागि धावकहरुको हौसला बढाउन आफनो ठाँउबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button