कोभिडको संक्रमणबाट बचौं र बचाऔं

झण्डै हराई सकेको कोभिड–१९ फेरी उकालो लागेको छ । हाल दैनिक एक सय जना हाराहारीमा सङ्क्रमित भईरहेका छन् । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट घर फर्किएका छन् । मन्त्रालयकाअनुसार अहिले देशभर २२० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसलाई हेलचेक्राई गरौ भने फेरी पनि संक्रमणले सताउने जोखिम धेरै हुन्छ । नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड कायम गर्नुपर्दछ । कोभिड मात्रै हैन अन्य रोगबाट पनि जोगाउ मद्धत पुग्दछ । बारम्बार साबुनपानीले हात धुने, मास्क लगाउने भौतिक दुरी कायम राखेर बस्ने जस्तो कार्यलाई पालना गर्न सक्यौं भने रोगलाई पाता कसेर राख्न सकिन्छ । त्यसो गर्मीसँगै यहाँ भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै हुँदा सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । तनहुँमा ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढीको चिकित्सकले बताएकाले सर्तक हुनु पर्दछ ।

सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् । हाल पहिले झण्डै दोब्बर विरामी उपचारको लागि आउने गरेको बताईएको छ । सङ्क्रमणबाट बच्नको बासी सढेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, खानाखाजा खानु अघि साबुन पानी हात धुनुपर्ने , मास्क लगाउनु बिर्सन हुँदैन । रोगबाट आफू पनि बचौं अरुलाई पनि बचाउनको सबैले ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button