साउन ३२ सम्म निषेधाज्ञा

दमौली खबर संवाददाता
साउन २०, दमौली ।
तनहुँमा जारी निषेधाज्ञा साउन मसान्त सम्म लम्ब्याउने निर्णय भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय
गरेको हो । कोरोनाको जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा साउन २० गतेसम्म जारी छ । उक्त अवधि नसकिँदै पुनः साउन ३२ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । थपिएको निषेधाज्ञा पहिलाकै मोडालिटीमा रहेको छ । अहिले निषेधाज्ञा भनिए पनि बजारमा सबै व्यापार, व्यवसाय खुल्न थालेका छन् । तनहुँमा बिहान ७ देखि साँझ ४ बजेसम्म पसल व्यवसाय खोल्ने अनुमति दिइएको छ । त्यस्तै बिहान ६ देखि सा‘झ ६ बजेसम्म राजमार्गमा सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको छ ।
यस्तै स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णय भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button