माओवादी जनयुद्ध र त्यसको समीक्षा

“मावोबादी जनयुध्द र त्यसको  समिक्षा”

२०५२ साल बाट सुरू भएको मावोबादी जनयुध्दले दिएको चोट बाट बगेका  लहुको गन्ध इतिहासका  पानाहरू बाट   हराउने छैनन हजारौं सताब्दि सम्म पनि | एउटा अचम्मको भयको वातावरण सिर्जना गरिएको थियो गाउँ गाउँ मा त्यति खेर | बिहान घरबाट निक्लेका छोराछोरी साँझ सही सलामत फर्कने हुन् कि होइनन कुनै थाहा हुन्थ्येन् | पहिलो कुरा त् गन्तब्य सम्म पुग्न नै गाह्रो थियो | चालिस पचास यात्री बोकेर हिंडेको सवारी साधनको अगाडी  ७ बर्षको बालकले सानो ढुङ्गो राखेर उभिए पनि बस त्यहाँ बाट अगाडी जाने हिम्मत गर्दैनथ्यो त्यति डर थियो त्यो बेला आम जनतामा | कसैले मुख खोलेर बिरोध गर्ने हिम्मत गर्दैनथे | राति घरमा निदाईरहेका बेला  ढोका फोरेर भित्र पसी गलत्याएर लाग्ने पो हुनकी  भन्ने आशंकामा निद्रा बेचिरहेका हुन्थ्ये  नेपाली जनता  | बास्तबमा भन्ने हो भने उनीहरू दुई ढुङ्गो बिचको तरुल जस्तै पीडित  बनेका थिए |

बिद्यार्थी काल देखिकै गतिविधी , मावोबादी लाई  सहयोग पुर्याउने हेतु चन्दा संकलन , खाद्यान्न संकलन, हात हतियार वोसार पसार गरेका  संका र सुराखिको आधारमा घेरामा पारि उनीहरूलाई तत्कालिन सरकारले धर पकड गर्न थाल्यो | त्यही डर बाट आफ्नो ज्यान बचाउनको लागी पनि  मावोवादी जनयुध्दको बाटो अवलम्बन गर्नेहरू धेरै छन्  | समय एस्तो थियो कि कतिले आफ्नो निजी शत्रुताको कारण  यो मावोबादी हो , यो सैनिकको सुराकी हो भनेर सुइँको लगाइदिएर् निर्दोष व्यक्तिको  हत्या गराइदिएका छन् | हजारौं को ज्यान गयो हजारौं लाइ बेपत्ता  पारियो हजारौंको सिन्दूर पोछियो लाखौँ बच्चाहरू लाइ टुहुरा पारियो तर बिडम्बना यो छ कि आज यसको जिम्मा कसैले लिन चाहन्नन् एउटाले अर्को लाई दोष दिन्छ अर्कोले अर्को लाइ दोषारोपण गरिरहेको छ |

मावोवादी लाइ जन्माउन हुर्काउन र त्यसलाई परिपक्क बनाउन नेपाल बाहिरका शक्ति हरूको पनि हात नरहेको हैन | यिनीहरूको ट्रेनिंग भारतको नैनीताल र झारखण्ड को एरियामा हुन्थ्यो | ट्रेनिंगका लागि हतियार तथा गुरू हरू श्रीलंका बाट तमिल टाइगर गुरिल्ला बाट उपलब्ध गराइएको थियो भने केही आधुनिक हात हतियार आतंककारी संगठन अलकायदा बाट पनि लिएका थिए यो सांठगांठको पुष्टि बाट नै अमेरिकाले त्यो बेला मावोबादी संगठन लाइ पछिल्लो केही वर्ष आतंककारी संगठनको  सुचिमा सुचिकृत गरेको थियो |

अचम्मको कुरा त् के छ भने सैनिक  र मावोबादी भिडन्तको क्रममा कुनै बिदेशी ट्रेनरको मृत्यु भएमा उनको पहिचान लुकाउनको लागि भनौं  वा बिदेशी संगठन को सहयोग  रहेछ भन्ने थाहा नदिनको लागि मृतकको टाउको काटेर आफूले बोकेको झोलामा राखी सुरक्षित् स्थानमा पुगे पछी उक्त टाउको खाल्टो खनेर गाड्ने अर्डर मावोबादी शिर्ष संगठनको थियो र त्यसै गरिन्थ्यो |

युध्दमा होमिय पछी चाहिने आवस्यक साधन र स्रोत हरुका लागि उनीहरुले ,बैक तथा वित्तीय संस्था , उद्योगी  तथा ब्यापारी बर्ग बाट  मोटो रकमको माग तथा  लुटपाट ,  सर्व साधारण बाट चन्दा ,विदेशी  सहयोग बाट उठाएर काम चलाउने गर्दथे | उनीहरूको युध्दकालमा उठेको धनको एकिन हिसाब किताब पूर्व लडाकुहरूले खोजेको भए पनि आज सम्म त्यसको तथ्यांक दिन सकेका छैनन | उनीहरू संग सोध्ने हो भने ठूला टाउके हरूले देश भित्र र  देश बाहिर राखेका छन् आफ्नो निजि धन बनाएर भन्ने आरोप लगाएको सुनिन्छ | यो लुटको धनको बारेमा एक पटक रा प्र पा का उपादक्ष्य राजेश्वोर देवकोटाले खोतलेका थिए तर उनी गएपछि यस बारेमा खासै चर्चा आएको छैन र यसबारेमा नागरिक समाज पनि मौन रहेको छ |

त्यतिबेला को १२ बुंदे सम्झौता तथा पहिले गरिएका १८१६ र १९५०  बिचको सन्धि लाइ नै हेर्ने हो भने पश्चिममा मुलुकको हिन्दु राज्य कसरि खलबल्याउन् सकिन्छ भन्नेमा भारत पनि लागेको बुझिन्थ्यो | दुई पटक सम्म UN मा नेपाल ले शान्ति समितिको लागि निबेदन गर्दा फेल गराइयो तेस्रो पटकमा मात्र कोफी अन्नानले बिरोधि गुटलाई पनि समावेस गरेर संबिधान सभाको चुनाबमा जानको लागि मावोबादी शिर्ष नेतृत्व संग कुराकानी गरेर तैयार गराइएको बुझिन्छ | त्यसपछि नेपालका अन्य पार्टी पनि सहमत गराएर मावोबादी लाइ चुनाब सम्म ल्याउनमा  गिरिजा बाबू ,माधब नेपाल र नारायण काजिले  उल्लेखनीय भूमिका खेलेको बुझिन्छ | त्यति बेला राजाले अरु पार्टीलाई त्यति चासो नदिएकाले १२ बुंदे सम्झ्यौतामा सहमति गर्नै पर्ने बाध्यता पनि देखिएको थियो |

१२ बुंदे सम्झौता भारतको सिलिगुडीमा भएको भएता पनि यसको ब्रोडकास्ट चाहिं नयाँ दिल्ली बाट नै गरिएको थियो | प्रचण्ड गिरिजा बाबू तथा अन्य नेता हरु सँग आपसी वार्तालाप गराउनमा भारतको  जे एन यु मा विद्यावारिधि गरेका डा . बाबुराम भट्टराईको निकै ठुलो हात छ | किनकि उनले त्यहाँका प्रोफेसर हरू लाई राम्ररी चिनेका  थिए र उनि दिल्लीमा नै बसेका थिए | एति बेला प्रचण्ड भने पंजाबमा बस्दथे |

पूर्व सहमति अनुसार गिरिजाले राष्टपति बन्ने पक्का पक्की जस्तै थियो , उनले संसद पुनस्थापना गराए जसमा ८० % स्थान  मावोबादी जनयुध्दमा लागेका लडाकुको भागमा दिए | चूनाब भयो जसमा मावोवादीको ज्यादा सिट आयो | असोज ३ गतेको घोषणा पछी राष्टपति बनाउने बेलामा मावोवादीले गिरिजा बाबुलाई यी पश्चिमा शक्ति हुन त्यसमा पनि राष्टपति पद दिने हो भने यि संग दुइटा शक्ति हुन्छ हामीलाई पेल्न सक्छन र  आफूले चाहेको अनुसार संबिधान पनि  बन्दैन  भनेर उनलाई बन्न दिएनन | जस कारण राम वरण यादब लाई अघि सारेको उनलाई राष्टपति बनाइएको थियो |

जनयुध्दमा हिंडेका केही लडाकु हरूले धेरै ठाउँमा समाजमा अपच्य हुने खालका गतिबिधि पनि गरे ,जस्तै गाउँमा देवताको रुपमा पूजिने गाई लाइ काटेर खाने , मन्दिरमा पिसाब गर्ने ,बा आमा मर्दा काजा क्रिया नगर्ने , देवता नमान्ने , यस्ता क्रियाकलाप  गरेको समाजले देखेर पनि केही गर्न सक्दैनथ्यो किनकि त्यो बेला जसले जसलाई गोलि गानेर मारे पनि कुनै खोज तलासी हुने कानुनि कार्वाही हुने कुरै थिएन | उनी हरू जहाँ जान्थे त्यो घरमा पकाउने चामल होस  नहोस उनका छोरा छोरी भोकै रहेपनि रहुन तर उनीहरू लाई मिठो मिठो पकाएर खुवाउनै पर्ने वाध्यता हुन्थ्यो | जनता बिचरा कहिले सेना त् कहिले लडाकुको चेपुवामा परिरहेका  थिए |

समिक्षा

एतिका दुख जनताले भोगे , हजारौंले आफ्नो बलिदान दिए , जनता लाइ दुरदर्शी सपना देखाएर जुन प्रकारको आशा देखाइएको थियो आखिर त्यसमा ठूलो कुठाराघात भयो | यतिबेला सरकारी आंकडामा १७००० भनिएता पनि लडाकुहरूको भनाइ अनुसार ३० हजार भन्दा बडी मान्छेको ज्यान गएको छ | कतिलाई मारियो ,कतिलाई डम्पिंग गरियो , कतिलाई बेपत्ता पारियो मावोबादिले पनि जनता लाइ कम दुख  दिएको कहाँ हो र  | अहिले पनि हेर्ने हो भने बिस्थापित हरुको संख्या ७ लाख छ जसको घर द्वार छैन बस्ने ठाउँ छैन ,बिहान बेलुकी हातमुख जोर्न मुश्किल छ उनलाई | बाबुराम प्रचण्डकै सुरक्षामा बसेका हरु कति अपांग छन् तर उनको कुनै खोज खबर गरिएको छैन | सर्सर्ती हेर्दा यो आन्दोलन बाट धेरैले आफ्नो स्वार्थ मात्र पूरा  गरेको देखिन्छ | आखिरमा के पाय त् जनताले उनीहरूलाई आफू भोकै बसेर खुवाएको नुनको पैचो सम्म तिर्न सकेनन आज सम्म |  जनता हिजो जस्तो थिए आज पनि उस्तै छन् उनको जिन्दगीमा कुनै परिवर्तन हुन सकेको छैन भने के नै उपलब्धि गर्यो त् त्यो जनयुद्धले |

समाप्त

राजन गिरी “राज”

रुपा ३ कास्की

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button