राष्ट्रपति रनिङ शिल्ड लगातार सत्यवतीलाई

हरेक वर्ष व्यास नगरपालिकाले आयोजना गदै आएको राष्ट्रपति रनिङ शिल्डको यस वर्षको उपाधी सत्यवती माध्यमिक विद्यालयले हात पारेको छ । निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा सत्यवती माविले २७ पदक हासिल गरि विजेता
भएको हो । सत्यवतिले १७ स्र्वण, ८ रजत र २ काश्य हासिल गरि कल २७ पदक पाएको हो ।

प्रतियोगितामा दोस्रो भएको निर्मल माविले ४ स्वर्ण, ६ रजत र ५ काश्य प्राप्त गरि कुल १५ पदक पाएको छ । तेस्रो स्थान हासिल गरेको ग्रीन स्टार अंग्रेजी स्कुलले २ स्वर्ण, ३ रजत र ३ काश्य प्राप्त गरि कुल ८ पदक पाएको छ । पराशर माविले १ स्र्वण, २ रजत र १ काश्य गरि ४ पदक हासिल गरि सान्त्वना भएको छ । जनजुक्त माविले १÷१ स्वर्ण र रजत, जलदेवि माविले एक स्वर्ण र दुई काश्य, चण्डी देवी राष्ट्रिय माविले १÷१ स्वर्ण र काश्य, दमौली कलेजले १ स्वर्ण र काश्य पदक हासिल गरेको छ ।

सत्यवति माविले विगत तीन वर्ष देखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा प्रथम स्थान हासिल गदै आईरहेको छ । प्रतियोगितामा निजी र सामुदायिक गरि दुई दर्जन बढी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी भएकालाई सोमबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले विद्यालयलाई शिक्षा सँगसँगै खेलकुदलाई पनि निरन्तरता दिन प्रत्येक वर्ष खेलकुद आयोजना गर्दै आएको बताए । उनले भने, ‘खेलकुदले विद्यार्थीलाई अनुशासनमा राख्ने हुनाले शिक्षा सँगसँगै खेलकुदलाई पनि हामीले जोड दिएका छौं ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button