कौशी खेतीमा सघाउदै वडा कार्यालय

कंक्रिटका संरचनाले बस्ती भरिएको छ । एक हात जग्गाालाई लाखौँ रुपैयाँ पर्छ । त्यसैले तरकारी किनेर उपभोग गर्नेहरु जग्गा बिक्री गर्छन् तनहुँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडामा । शुक्लागण्डकी नगरपालिका–४ मा पर्ने दुलेगौँडा बजारबासीलाई कौशीमा तरकारी फलाउन वडा कार्यालयले हौस्याउदै आएको छ ।

यहाँका करिब ८ सय परिवारलाई कौशी खेतीका लागी प्रोत्साहन गर्न तरकारी विरुवा वितरण गरेको वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिनुभयो । लहरेवाली काक्रो, घिरौला र करेलाको विरुवा टोल बिकास संस्थामार्फत प्रत्येक घरलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । विरुवासंगै कोकोपिट समेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गतबर्ष वडाबासीलाई गत बर्षपनि तरकारीका विरुवा र प्लाष्टिकको गमला वितरण गरिएको थियो ।

वडाबाट विरुवा लगेर कौशीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । ‘वडाबासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहि गरेका छौँ’, उहाँले भन्नुभयो, ‘कौशीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागी फाईदा हुन्छ ।’ निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उहाँको भनाई छ । बजारबाट पैसा तिरेर बिषादीयुक्त तरकारी खरिद गर्न बानीको अन्त्य हुनुपर्नेमा उहाँको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौशीमा तरकारी फलाउने समेत बढेका छन् ।

वडा कार्यालयले चालु आर्थिक बर्ष २०७७÷०७८ मा कौशी खेतीका लागी तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वडामा जनप्रतिनिधी निर्वाचित भएर आए पछि हरेक बर्ष कौशी खेतीलाई बजेट विनियोजन हुदै आएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button