तात्यो जिल्ला कोभिड १९ संकट व्यवस्थापन

दमौली खबर संवाददाता

पछिल्लो समय कोरोना संक्रमणको दोस्रो भेरियन्ट दर दिनानुदिन बढ्दै छ । तनहँुमा मात्र पनि दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिँदै छन् । हाल सम्म जिल्लामा कोरोनाका ३४ सक्रिय केस रहेका छन् । एक हजार पाँच सय ३९ संक्रमित मध्ये एक हजार चार सय ८० संक्रमित निको भएका छन् भने २५ संक्रमितको ज्यान गएको छ ।

तनहँुमा कोरोना संक्रमित संख्या उकालो लागेपछि जिल्लामा रहेको कोडि १९ संकट व्यवस्थापन केन्द्र विभिन्न निर्णयहरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आर्चायको अध्यक्षतामा बसेको बैठकले यस अघि सञ्चालनमा रहेका आइशोलेसन कक्ष पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले तनहुँको बेलचौतारास्थित सेतीगंगा सामुदायिक अस्पताललाई २५ बेड हाई डिपेन्डेन्सी युनिटसहित कम्तिमा ५० बेड आईसोलेसनका लागि तयार राख्ने निर्णय गरेको छ ।

देशैभर कोरोना जोखिम बढ्दै जाँदा हरेक तहलाई भारतसहित अन्य मूलुकबाट आउनेका लागि १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नका लागि स्थानीय तहले व्यवस्थापन गर्ने र सोको अनगुमनको व्यवस्था गर्नेसमेत निर्णय बैठकले गरेको छ । अब स्वास्थ्य मापदण्ड सवारी साधनले पालना गरे नगरेको अनुमगन समेत बढाउने भन्दै बैठकले यसका लागि ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी र स्थानीय तहलेसमेत कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले जिल्लामा पनि सम्भव भएसम्म शिक्षण संस्थामा भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई शिक्षण कार्य सञ्चालन गराउन निर्णय गरेको छ ।

वैकल्पिक शिक्षण सिकाई सम्भव नभएमा सिफ्ट पद्धतिमा एउटा कक्षाकोठामा २५ भन्दा बढी विद्यार्थी नराखी समाजिक दुरी एवंम स्वास्थ्य मापदण्डको पालना गरि पठनपाठन गराउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी आर्चायले धेरै जना होम आइसोलेसनमा बसिरहेका जानकारी गराउँदै आइसोलेसनमा बस्न नसक्नेलाई स्थानिय तहले सञ्चालन गरेको आईशोलेसनमा राखिने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button