नेता जोशी आज गृह जिल्ला आउने

दमौली खबर संवाददाता

दमौली,६ वैशाख

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री गाविन्दराज जोशी भोली गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आउनु हुने भएको हो । नेता जोशी वैशाख ७ र ८ गते दमौली स्थित निवासमा रहनु हुनेछ । र नौ गते मतदान केन्द्र भानु नगरपालिका–११ को मानेचौकामा जानु हुने भएको छ । उपनिर्वाचनमा राजनीतिज्ञ जोशीको मतदानमा कता झुकाव हो भन्ने कुरालाई जिल्लामा चासोका साथ हेरिएको छ । तनहुँमा राजनीतिक नेता जोशीको झुकावले निर्णायक मोड लिनेमा तनहुँका जनता विश्वास राख्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button