पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण

दमौली खबर संवाददाता

म्याग्दे, फागुन २९

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना र मयाग्दे गाँउपालिका पशु सेवा शाखाको समन्वयमा म्याग्देको वेलटारमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको नि. कार्यलय प्रमुख रामचन्द्र पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी र विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो ।

पशुमा पुर्ण खोप कार्यक्रमका वारेमा भेटरीनरी अस्तताल तथा पशु सेवा केन्द्रका पशु अधिकृत सुरज गौतम र म्याग्दे गाँउपालिकाका पशु सेवा शाखाका प्रमुख चिकित्सक डा. विनय शाहले सहभागीहरुलाई यसको महत्व र औचित्यको वारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा डा. शाहले पशुको रोगको महामारी न्युनिकरण गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गर्न, रेविज जस्ता जुनोटिक रोग संक्रमणलाई न्युनिकरण गरि २०३० सम्म कुकुरको टोकाईवाट हुने रेविज लाई शुन्यमा झार्न अभिमुखीकरण कार्यक्रम फलदायी हुने वताएका थिए ।

कार्यक्रममा १० जना भेटरीनरी प्राविधिकहरुलाई ७ वटै वडामा खोप कार्यको लागी भुगोल र आवश्यकताका आधारमा जिम्मेवारी र झोला समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे र कार्यक्रमका अध्यक्ष रामचन्द्र पण्डितले कार्यक्रमको आवश्यकता र औचित्यको वारेमा धारणा राखेका थिए । पशुमा पूर्ण खोप कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा गाँउपालिकाका जनप्रतिनिधी, खोपकर्ता, पशु सेवा शाखाका कर्मचारी र अन्य शाखाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button