पूर्व गृहमन्त्री जोशीलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता लिन तनहुँ काँग्रेसको सिफारिस

माघ २९, दमौली । नेपाली काँगेस्र जिल्ला कार्यसमिति तनहँुले पार्टीका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रलाई सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन भन्दै केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको जिल्ला सभापति बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘ उहाँको कारबाही फुकुवा गर्न वडा तहदेखि नै हामीलाई अनुरोध आएको हुँदा त्यसमा आवश्यक निर्णय लिनका लागि केन्द्रमा सिफारिस गरेका हौँ। यसबारेमा केन्द्रलाई उहाँ सँग समन्वय गर्न अनुरोध गरिएको छ । ’ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । पौडेलविरुद्ध उम्मेदवारी दिएको भन्दै अनुशासन समितिले गत साउन १० गते उनलाई पाँच वर्षका लागि कांग्रेसको साधरण सदस्यसमेत नरहेन गरी कारबाही गरेको थियो ।

यस सन्दर्भमा नेता जोशी सँग सम्र्पक गर्दा उनले यस विषयमा आफुसँग केन्द्रदेखि जिल्ला सम्मका कुनैपनि नेताले सम्पर्क नगरेको बताए । उनले भने,‘म सँग कुनै सम्र्पक भएको छैन । मिलेर जाने समझदारी सम्बन्धी केही छलफल भएको छैन ।’ जोशीविरुद्ध गरिएको कारबाहीको सिफारिस फिर्ता लिन जिल्लाबाट प्रक्रिया सुरु गरिएको हो ।

नेता भीष्मराज आङ्दम्बे नेतृत्वको पाँच सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पनि पार्टीबाट निष्कासित गरेको थियो।जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ । तर विष्ट र ओझामाथि गरिएको कारबाही फुकुवाका लागि ठोस प्रयास नभएको बुझिएका छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button