‘जातिय बिभेद अन्त्यको लागि लडाई जारी राख्नुपर्छ’

२१ औ शताब्दी पार गरिसकिएको अवस्थामा पनि अझै जातिय बिभेद कायम नै रहेकोले यसको अन्त्यको लागि लड्न तयार हुनुपर्नेमा तनहुँको भिमादमा आयोजित एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । नगर दलित उत्थान भिमादद्धारा आयोजित पत्रकार खगेन्द्र बिश्वकर्मा र सरु बिश्वकर्मालाई सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । सामाजिक अभियान्त तथा पत्रकार खगेन्द्र बिश्वकर्माले जातिय अन्त्यका लागि आम दलित नागरिकहरु लड्न र मर्नको लागि तयारसम्म हुनुपर्ने समय आएको उनले बताए ।

पार्टीगत भन्दा पनि जातिय र बर्गीय मुक्तिको लागि शसक्त आन्दोलनको खाँचो रहेको उनले बताए । राज्यद्धारा गरिएको जातिय दमनको बिरुद्धमा उत्रिन आवश्यक छ । उनले भने, ‘जातिय मुक्ति नहुँदा सम्म रगत बगाउन पनि पछि पर्नु हुदैन् ।’ पत्रकार सरु बिश्वकर्माले दलित यस देशका नागरिक भएर पनि सम्मान र समान रुपमा बाँच्न नपाएको बताए । पटक पटक हुदै आएको हत्या,हिँसा,बलात्कारका घट्नाले न्याय पाउन नसक्दा समाजमा यस्ता घट्नाले प्रसय पाउँदै गएको उनले बताए । दलित समुदायमा राजनीतिक चेतना हुन आवश्यक छ । उनले भने ‘अब दलितहरु कसैको भोट बैक बन्न हुदैन ।’ दलितका मत निर्णयक रहेकोले सडक कि सदन पुराउने अधिकार दलित जनतामा रहेको सचेत बन्नुपर्नेमा जोड दिए ।

भिमाद पालिका सदस्य बाबुराम सुनारले बलात्कार,हत्या हिसाँको घट्ना बढ्दै जानु दुखद पक्ष भएको औल्याए । दलित मुक्ति संगठनका केन्द्रिय सदस्य कृष्णलाल बिश्वकर्माले दलितमुक्ति आन्दोलनमा सबै अधिकारकर्मीहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।त्यस्तै जिल्ला सुधारका लागि सामाजिक उत्थान डिसु नेपालकी जिल्ला अध्यक्ष नोमा थापाले अन्याय गर्नेलाई प्रोत्साहन गर्न नहुने बताउनुभएको छ । व्यासनगरपालिका–१० सेवर निवासी २१ बर्षीय शुकु परियारको हत्यामा संलग्न व्यक्तिहरुको निष्पक्ष छानबिन गर्दै दोषीलाई कानुनी दायरमा ल्याउनुपर्नेमा थापाले जोड दिए ।

कानुनले अन्यायमा परेकालाई न्याय दिलाउन नसके समाजमा हत्या,हिसाँ,बलात्कारका घट्नाहरु झनै मौलाउँदै जान सक्ने तर्फ सचेत गराईएको छ । समाजमा हुने यस्ता अपराधिक क्रियाकलापका घट्ना प्रति चिन्ता व्यक्त गर्दै अन्यायका बिरुद्धमा लड्न परेपनि पछि हट्न नहुने उनले बताए । आफु पनि घर समाजबाट अन्यायमा पर्दै आएको उल्लेख गर्दै आफु एक्लैबाट न्यायको लागि लडिरहेको उनले बताए । सामाजिक अभियान्ता एवं पत्रकार खगेन्द्र र सरु बिश्वकर्माको सहितको टोलीले व्यासनगरपालिका–१० स्थित सेवरमा २१ बर्षीय शुकु परियारको हत्या गरिएको भन्ने बिषयमा अनुसन्धान तथा मृतक परिवारसंग भेटघाट गरी सान्तवना प्रदान गरेको छ ।

अन्यायमा परेकालाई न्याय दिन र हत्यामा संलग्न भनिएका मृतककी पति नवराज गुरुङ र देवरको अनुसन्धान गरी सत्यतथ्य रुपमा रिर्पोट सार्वजनिक गर्न समेत माग गरेका छन् । घट्नाको सत्यतथ्य लुकाउने प्रयास गरी पीडितलाई अन्याय भएमा सशक्त आन्दोलनका कार्यक्रम गर्न आफुहरु पछि नहट्ने सो अवसरमा उनीहरुले बताएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button