पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन

दमौली खबर संवाददाता
चैत १८ दमौली
गण्डकी प्रदेश सरकारले तदारुकताका साथ थप पहल थालेपछि पीसीआर मेसिन पोखरा आइपुगेको छ । समाचारमा गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन भनेर सार्वजनिक भएपछि पनि आफुहरुले ठुलो जोडबल गरेर सरकारले स्टक राख्ने भनेको (पीसीआर) मेसिन पोखरा ल्याएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले बताए।‘पछिल्लो उच्चस्तरीय समितिको बैठकको निर्णयले नै पीसीआर मेसिन हामीलाई दिने भनेर नतोकेपछी हामीले ठुलो जोडबल गरेर चाइनाबाट ल्याइएका ५ वटा मेसिन मध्येको एउटा स्टक मेसिन पोखरा ल्याएका छौ’, निर्देशक शर्माले भने । निर्देशक शर्माले थपे , ‘तपाइँहरुले मिडिया मार्फत भन्नुभयो ,उच्चस्तरीय समितिको बैठकको निर्णय सबै जनतालाई थाहा छदै छ, हामीले हनुमान पावर लगायर मेसिन अहिले ल्याएका छौ, अव तुरुन्त पोखराबाटै कोरोनाको परीक्षण सुरु हुन्छ।

 

’पोखरामा काठमाण्डौबाट ३ महिनाको लागि २ जना दक्ष प्राविधिकहरु आएको बताउदै निर्देशक शर्माले पूर्ण सुरक्षाका साथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट कोरोना परीक्षण हुने बताए । परीक्षणको लागि ल्यावलाई चाहिने थप सामग्री सोमबार बेलुका नै पोखरा आइपुएको जनाउदै निर्देशक शर्माले अब तिब्र गतिमा ल्यावको काम थालेर परीक्षण सुरु गरिने जनाए ।
यस क्षेत्रको लागि १ हजारको सङ्ख्यामा व्यक्तिगत सुरक्षा उपकरण र २० हजारको हाराहारीमा मास्क गाडी मार्फत आउदै गरेको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button