लक डाउनको मारमा परेका मजदुरहरुलाई खाद्यन्न वितरण

दमौली खबर संवाददाता
चैत १७ दमौली
लकडाउनको प्रत्यक्ष मारमा परेका शुक्लागण्डकी नगरपालिका ८ का ८३ परिवार मजदुरलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । आईतवार वडाध्यक्ष कृण्ण रेग्मी सहितको टोलीलेल प्रत्येक मजदुर परिवारलाई ३० केजी चामाल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, दुई केजी हरियो तरकारी र आधा केजीको सोयाविन वितरण गरेको हो । यी सामग्रीले १५ दिनलाई पुग्ने अध्यक्ष रेग्मीको भनाइ छ ।

लकडाउनको समयमा वडामा बसोबास गर्दै आएका कोही मजदुर भोको पेट बस्न नपर्ने रेग्मीको दाबी छ। ‘दिनभर श्रम गरेर बेलुकाको छाँक टार्ने विपन्न मजदुरका परिवार लकडाउनले काममा निस्कन नपाएको अवस्था छ। घरमा खाद्यन्न मौज्दात नुहदाँ भोकै बस्नुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो । त्यसैले मजदुरी गरी खानेलाई सहयोग गरेका हौँ।’रेग्मीले वडाले उक्त सामग्री वितरणमा सरकारी बजेट खर्च नगरेको बताउनुभयो । स्वतःस्फुर्त सहयोग उठाई सहयोग गरेको उनको भनाई छ। वडामा ज्याला मजदुरी गरेर दैनिकी गुजारा चलाउने दुई सय ५० परिवारको विवरण संकलन गरिएको छ। सबैलाई लकडाउन अवधिभर पुग्नेगरी खाद्यन्नका सामग्री दिने वडाध्यक्ष रेग्मीले जानकारी दिए। यस्तै, शुक्लागण्डकी नगरपालिकाले पनि विपन्न वर्गका मजदुरलाई खाद्यन्न सहयोग गर्न तथ्याङ संकलन गरिरहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button