संविधान दिनमा दिप प्रज्ज्वलन

संविधान दिवसको अवसरमा घर घरमा साँझ दिप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । दिवसको अवसरमा असोज २, ३ र ४ गते सबैले घर घरमा साँझ दिप प्रज्ज्वलन गर्न जिल्ला प्रशासन कार्यालय तनहँुले आग्रह गरेको छ । त्यस्तै दिवसमा जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहका सम्पूर्ण सरकारी निकायमा राष्ट्रिय झण्डा फहराइने भएको छ । त्यस्तै विभिन्न मन्दिर, बुद्धविहार, मस्जिद, चर्च एवं गुरुद्वार लगायतका धर्मिक स्थानमा नित्य पूजा गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चीरशान्तिका लागि उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै पूजापाठ तथा प्रार्थना गर्न अनुरोध गरिएको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button