काँग्रेस बिधिको शासनमा चल्नुपर्छ ः नेता भण्डारी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएकोले बिधिको शासनमा चल्नुपर्ने बताएका छन् । तनहुँको दमौलीमा स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाको सोमबार दमौलीमा पदस्थापना कार्यक्रममा बोल्दै नेता भण्डारीले सो कुरा बताएका हुन्। काँग्रेस नीति र विधिमा चल्नु पर्छ भन्ने पक्षमा आफुले सदैव आवाज बुलन्द गर्दै आइरहेको नेता भण्डारीले बताए । युवाहरुको आस्थाको रुपमा रहेको तनहुँ काङ्ग्रेसलाई मजबुद बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

देशमा आर्थिक समृद्धि ल्याउने कुरा घोषणापत्रमा राखे पनि सरकारले समृद्धि दिन नसकेको उनको आरोप छ ।  प्रशासनिक तथा सुरक्षा क्षेत्रमा अस्तव्यस्तताले सरकारमा अस्थिरता मौलाउँदै गएको र सुशासनको मामिलामा सरकार कमजोर बन्दै गएको नेता भण्डारीको आरोप थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्कुल अफ डेमोक्रेसीले लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने बिश्वास लिएको बताए ।

संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीको अध्यक्षतामहा भएको कार्यक्रममा उपाध्यक्ष दीर्घबहादुर थापा, सचिव बसन्त कंडेल लगायतले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले उक्त संस्थामा आबद्ध भएका २३ सदस्य सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button