ट्रयाक खोलेको २४ बर्ष पछि शहिद मार्गमा कालोपत्रे

शहिद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौविस बर्ष पछि कालोपत्रे शुरु गर्न लागिएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रे देखि व्यासनगरपालिका–६ क्रियापानी हुदै लमजुङको दुईपिप्ले सम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । तनहुँको सदरमुकाम दमौली देखि कोत्रे सम्मको पृथ्वीराजमार्गको बैकल्पीक मार्गको रुपमा रहेको शहिद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागेको हो । कोत्रे–थप्रेक सडक मार्ग अन्र्तगत करिब १६ किलोमिटर दुरी मध्ये पहिलो चरणामा १३०० मीटर दुरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

विसं २०५३ सालमा उक्त सडकको ट्रयाक खोलिएपनि पहिलो पटक उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । उनले भने, कालोपत्रे कार्य शुरु गर्न लागेसंगै पूर्वाधार विकास कार्यालयका प्राविधिकहरुले सडकको माटो परीक्षण कार्य थालेका छन् । गण्डकी प्रदेशको रु.डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दुरीको सडकमा दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ कार्य शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए । आर्थिक बर्ष ७५÷ ७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोला देखि धोबिडाँडा सम्मको मार्ग कालोपत्रे गरिन लागिएको वडाध्यक्ष पौडेलले बताए ।

शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरउन्नतिको लागि डिपिआर गर्न बजेट समेत बिनियोजन गरिसकेको बताइएको छ । त्यसैगरी उक्त मार्ग हुदै सिन्धुमार्गको साँघेफाँट र व्यासनगरपालिका–५ चापाघाट स्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहिद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । बिसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यासनगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा बिसं २०१८ सालमा तनहुँको कोत्रेमा सहादत प्राप्त गरेका थिए ।

उनले सहादत प्राप्त गरेको स्थान देखि थप्रेक सम्मको मार्गलाई शहिद लालध्वज मार्ग नामाकरण गरिएको हो । प्रजातान्त्रिक आन्दोलनका क्रममा व्यास – ८ पुलिमराङका शम्शेर गुरुङ,भरत गुरुङ चितवनमा र लालध्वज,सर्वसिं र हस्तबीर गुरुङ तनहुँको कोत्रेमा शहादत प्राप्त गरेका थिए । पाँच जनाको शहिदहरुको सम्झनामा व्यासनगरपालिकाको सक्रियतामा उनीहरुको (जन्मघर) व्यास– ८ पुलिमराङमा अर्धकदको शालिक निर्माण गरेर शहिद ग्रामको रुपमा बिकास गर्न थालेको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button