तनहुँमा अझै देखिएको छैन सलह : कृषि ज्ञान केन्द्र

सलहको नाम फट्याङ्ग्रा देखाएर आतंक,

तनहुँमा अझै देखिएको छैन सलह कृषि ज्ञान केन्द्र,

बालीनाली तहसनहस पार्ने मरुभूमिका सलहको बथान मध्य तराईका जिल्ला हुँदै नेपाल प्रवेश गरेको छ । फट्याङ्ग्रा प्रजातिका सलह किरा हालसम्म बारा, सर्लाही, पर्सा, रुपन्देही हुदै गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाइएको छ । फट्याटङलाई सहल भन्दै तनहँुमा स्थानियहरु आतंक फैलाएका छन् ।

स्थानिय रुपमा रहेका फट्याङगहरु सलह भन्दै सामाजिक संजाल मार्फत आंतक फैलाएका हुन् । कृषि ज्ञान केन्द्र तनहँुका अनुसार जिल्लाको कुनै पनि ठाँउका सलह किरा नदेखिएको जानकारी दिएका हुन् । ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीका अनुसार सलह झुन्डमा आउने बताएका छन् ।“ अहिले नवलपूर तिर देखिएको छ, तनहँुमा भने देखिएको छैन् ।” उनले भने ’यहाँ देखिएका किरा हेर्दा यहिका स्थानिय फट्याङग हुन सलह चाहि होईन छ, दवाडी भने, ’ सलह ठूलो संख्यामा आउन्छ ।’

यात्राको क्रममा हावाको गति र पानीका कारण केही मात्रामा झरेको पनि हुनसक्ने उनको अनुमान छ । उनले भने, “यात्राको क्रममा हावाको गति र पानीका कारण केही झरेको हुन पनि सक्छ तर त्यस्तो विधि आंतकीत हुन पर्ने जरुरत छैन ।” “सलह नआउला भन्नि पनि छै तर सहलबाट खेतीबाली बचाउन उच्च सर्तकता अपनाउनु पर्छ । ”

’अहिले देखिनै सतर्कता अपनाउनुपर्छ, दवाडीले भने, ’तत्कालका लागि धानको बीउ, कोदोको बीउ जोगाउन आवश्यक छ ।’ सलह देखिएकमा स्थानिय कृषि शाखा वा कृषि ज्ञान केन्द्रमा खबर गर्न उनले अनुरोध गरेका छन् । सलहलाई विषदी औषधी, ध्ुवा, ठुलो ध्वनी निस्कने सामान बजाएर धपाउन सकिने उनले बताए । उनले भने, “तत्कालको धानको बिउहरुमा झुल टाङनु पर्दछ । की विषादी औषधी प्रयोग गर्नुपर्छ । ”

सलह रातिमा निस्क्रिय र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने कृषि प्राविधिकहरुको अनुमान छ ।

उत्तर भारतबाट दक्षिण नेपालतिर बगेको हावाका कारण सलह शनिबार नेपाल प्रवेश गरेको हो । भारतको विहारबाट नेपाल आएको सलहको ठुलै बथान नेपाल प्रवेश गएको वा हावाको वेगले स साना समुह उडाएर ल्याएको भन्ने बारे अनुसन्धान भइरहेको जनाइएको छ ।यस अघि नेपालमा नछिर्ने दावी गरे पनि सलहको बथान नेपाल प्रवेश गरेसँगै विज्ञको टोली यस बच्च कृषकलाई आग्रह गरेको हुन् ।

नेपालको पश्चिमबाट पहिले छिर्ने दाबी गरे पनि मनसुनी वायुका कारण सलहको संकट टरेको थियो । पश्चिम भारतको दुई दर्जन जिल्लामा ठूलो क्षति गरेको सलह मरुभूमिमा विकसित भएर अफ्रिकाका देश हुँदै इरान, अफगानिस्तान, पाकिस्तानको यात्रा गरिसकेका छन् । नवलपरासी तथा रुपन्देही जिल्लामा प्रवेश गरेसँगै गण्डकीका जिल्लामा समेत सलह प्रवेश गर्न सक्ने सम्भावना बढेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button