‘बजार खुल्यो तर छैन ग्राहक आएनन् ’

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकारले गत चैत ११ गते देखि जारी गरेको लकडाउन हाल सम्म पनि कायम नै छ । गत असार १ गते देखि सरकारले कष्टकर बनेको लकडाउन केही हद सम्म खुकुलो बनायो । सो अनुसार अहिले तनहँुका बजार क्षेत्रका सबै पसल सञ्चालनमा आएका छन् । सरकारले व्यवसाय तथा पसलहरु खुल्न दिए पनि व्यापार भने नभएको व्यापारीहरुले बताउँन थालेका छन् । कोरोना पछिको लकडाउनले तीन महिनासम्म व्यापार व्यवसाय बन्द रहेका थिए ।

तर सरकारले पसल खोल्न दिएकाले व्यवसायीहरुले बिहानैदेखि पसल खोल्ने गरेका छन् । खाद्यान्न तथा किराना पसल बाहेकका पसलहरुमा बिहानदेखि बेलुकासम्म पनि बोहोनी नै नभएको व्यापारीहरुको भनाइ रहेको छ । लकडाउनकैबीच पसल खुल्ला भएकाले तथा कोरोना सङक्रमण पनि दिनप्रतिदिन बढ्दै गएकाले सधै भिडभाड हुने तनहँुको सदरमुकाम दमौलीको व्यापारिक क्षेत्रहरु सफासडक, डाङगे्रखोल्सी, सुनचाँदी लाईन लगायतका क्षेत्रमा सर्वसाधारणको चहलपहल शून्य रहेको छ ।लकडाउनकै बेलामा मुलुकभर सबै प्रकारका व्यवसाय खुले पनि कारोबार भने शुन्य नै रहेको छ । यसरी व्यवसाय सञ्चालनमा आए पनि कारोबार नहुँदा अर्थतन्त्रमा समेत ठूलो असर पर्ने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button