प्रथम मेयर कपको उपाधी सत्यवति

माघ ३,

दमौली खबर संवाददाता

व्यास नगरपालिकाको आयोजनमा व्यास १ भादगाँउपमा सञ्चालित माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर–उमेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता २०७६ को पुरस्कार वितरण गरिएको छ । पुस २८ गते बाट सुरु भएको उक्त खेलको मेयर कपमा सत्यवति प्रथम भएको छ । त्यस्तै निर्मल मावि द्धितिय र महेन्द्रज्योती तृतिय भएको हो । विजेतालाई क्रमशः तीस हजार, बीस हजार दश हजार प्रदान गरिएको हो । त्यस्तै उप–मेयर कप तर्फ भएको खेलमा निर्मल मावि प्रथम, सत्यवति मावि द्धितिय र केशवटार मावि तृतिय भएको छ । उनिहरुलाई पनि कंमशः ३० हजार, बीस हजार र १० हजार सहति प्रमाण पत्र र ट्रफी प्रदान गरिएको हो ।

विजेताहरुलाई पुरस्कार प्रदान गदै गण्डकी प्रदेशको सांसद सरीता गुरुङले स्वास्थ्यको लागि र राष्ट्रयको लागि खेल खेल्नु पर्ने बताईन् । त्यस्तै कार्यक्रममा बोल्दै व्यास नगरपालिकाको नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेललाई निरन्तरता दिने बताए । नगरपालिकालाई खेलाडी मैत्री बनाउन तर्फ लागेको उनले बताए । उप–प्रमुख मिरा जोशीले उप–मेयर कप भएकोमा फुटबल खेलमा छात्राहरुले पनि आफनो प्रतिभा देखाउन पाएको बताईन् । व्यास नगरपालिकाको शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगिता निर्मल माविको प्र.अ गणेशचन्द्र बस्नेतको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button