आईशोलेसनमा दिन कटाउन टिकटक बनाउदै संक्रमीत जोडी

व्यास ४ का ४४ वर्षीय पुरुषमा गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भयो । उनलाई उपचारको लागि शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपि श्वासप्रश्वास उपचार केन्द्रको आईशोलेसनमा राखियो । उनलाई आईसोलेसनमा दिन कटाउनै मुस्किल भयो । उनले आईशोलेसनमा दिन काट्न सामाजिक सञ्जालको साहरा लिए । उनले भने,‘एकै हुदाँ समय बिताउ गाह्रो भयो । अनि टिकटक बनाउन थाले । ’ उनले थपे,‘ पहिला घरमा हुदाँ खासै चलाउथीन अहिले दिनमा तीन चार वटा टिकटक भिडियो बनाउन्छु । ’ उनले यस अघि भने, ‘ नेपाली लोक गितमा मात्र भिडियो बनाउन्छु,अरु त आउदैन बनाउन । ’ उनलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाको पनि स्वांब संकलन गरिएको थियो ।

जसमामा उनको ४२ वर्षिय श्रीमतीलाई समेत भदौ २१ गते कोरोना पुष्टि भयो । त्यसपछि दुबै जनालाई एउटै आईशोलेसन कक्षमा राखियो । संक्रमीत पुरुषले भने,‘अहिले त दुबै जना सँगै छम । दुबै जना मिलेर टिकटक बनाईन्छ । ’ उनले यस अघि भने, ‘बिहान, दिउँसो र राती खाना नास्ता खाएपछि दुबै जना मिलेर टिकटक बनाईन्छ ।’ अन्य खाली समयमा आफन्त सँग भिडियो कलमा समेत बोल्ने गरेको उनले बताए ।उनले थपे,‘आफन्तले पनि फोन गरिरहनु हुन्छ, हाम्रो आत्मबल बलियो बनाईदिनु हुन्छ, खुसी लाग्छ । ’ सामाजिक सञ्जालको प्रयोग गर्दा समय बितेको थाहा नहुने उनको अनुभव छ । घरमा हुदाँ कहिले पनि टिकटक नबनाएको ती महिलाले अहिले आफनो श्रीमान् सँग मिलेर टिकटक बनाउदै दिन बिताउने गरेकी छन् । कोरोना सँग डराएर भन्दा पनि आत्मबल बढाउनु पर्ने उनको भनाई छ । उनले भनिन्,‘कहिले टिकटक बनाउथीन्,अहिले श्रीमान् सँग दिन दिनै बनाउछु । कोरोना सँग डराएर र बस्नु भएनी, चाडैं निको हुनेमा विश्वस्त छु । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button