व्यास नगरपालिका पनि भुकम्पको जोखीममा,सात स्केलको भुकम्प जाने अनुमान

माघ ३,

दमौली खबर संवाददाता

– व्यास नगरपालिका पनि भुकम्पको जोखिममा रहेको अध्ययनले जनाएको छ । “भुकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार ”भन्ने मुल नाराको साथमा दमौलीमा पनि २२ औ भुकम्प सुरक्षा दिवस मनाउने सन्र्दभमा व्यास नगरपालिका ईन्जिनीयर रविन्द्र मुलले उक्त कुराको जानकारी गराएका हुन् । व्यास नगरपालिकाको आयोजनामा बाईसौं भूकम्प सुरक्षा दिवस २०७६ सचेतना सभामा राष्ट्रिय भुकम्प सुरक्षा दिवसको बारेमा बताउदै उनले नगरपालिकामा पनि सात स्केलको भुकम्प जाने अध्ययनले जनाएको उनले बताए । वि.सं २०६० सालमा भएको अध्ययन र वि.सं २०७४ सालमा भएको अध्ययनले नगरपालिका भित्र पनि अझै भुकम्प जाने अनुमान गरिएको उनले बताए । व्यास नगरपालिकाको नजिकमा पर्ने नारायणी छिराको कारणले भुकम्प जान सक्ने अध्ययनले देखाएको उनले बताए ।

दमौली बाट नजिकमा रहेको नारायणी छिराको कारणले सात स्केलको भुकम्प जाने अनुमान गरिएको उनले बताए । उनले भने, ‘यदि भुकम्प दिनमा गए एक सय ५० जनाको मुत्यु हुन सक्ने र दिनमा गएमा पाँच सय जनाको ज्यान जान सक्नेछ । ’ व्यास नगरपालिका भित्र पुरानो घरहरुको संख्या लगभग १२ हजार रहेको हुनाले धेरै क्षती हुने उनले बताए ।, वि.सं २०६८ साल देखि व्यास नगरपालिका भित्र भुकम्पप्रतिरोधात्मक भवनहरु निर्माण गर्नुपर्ने अभियान संचालन गरिएको उनले बताए । त्यस्तै कार्यक्रमको सचेतना सभामा बोल्दै गण्डकी प्रदेशका सांसद डोबटे वि.कले भुकम्प गएको चार वर्ष बिति सक्दा पनि सर्वसाधरणले क्षतीपूर्ती नपाएको जिकिर गरे । उनले भने, ‘अहिले पनि पिडितहरु टिन, पालको छानामा बस्न बाध्य छन् । ’क्षतीपूर्तिको लागि सम्बन्धी ठाँउलाई ध्यानआकार्षन गराउन आवश्यक रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको सांसद सरीता गुरुङले भुकम्पबाट बच्नको लागि सबै सचेतक हुन आवश्यक रहेको बताईन् । सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेमा ज्यान बच्न सक्ने बताए ।उनले अहिलेको समयमा भुकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि दक्ष जनशक्तिको आवश्यक रहेको बताए । कार्यक्रममा भुकपम्प प्रतिरोधात्मक भवनको नमुना प्रदर्शनी समेत गरिएको छ । जीवन भरको कमाई हो घर, बलियो बनाऔं, भुकम्प आउदैमा नआत्तिऔं सुरक्षित रहन सिकौं र सिकाऔं जस्ता नारा लगाई दमौली बजार परिक्रममा गरिएको थियो । व्यास नगरपालिकाको नगरप्रमुख वैकुण्ठ न्यौपानेको सापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाले आयोजना गरेको भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिमा सहभागि भएका डकर्मीहरुलाई प्रमाण पत्र प्रदान गरिएको व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button