भत्ताले बाँच्नी आसा जगायो

दमौली,

भत्ता बुझेर गहना लगाउँछु भन्ने पनि छैन । कपडा किन्छु भन्ने आशा गरेकी छैन । मलाई एक गास खान पाए पुग्छ’ ऋषिङ गाँउपालिका काँहुशिवपूर कि ८० वर्षिय पन्चमाया नेपालीले हाँस्दै आफ्नो कुरा सुनाइन् । ७० वर्ष देखि उनलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी छिन् । भत्ता बुझेको रकमबाट ठूलै काम गर्छु भन्ने त्यस्तो केही छैन । बाँच्दासम्म राम्रो खानेकुरा खान, लगाउन पाइयो भने त्यहीनै ठूलो कुरा हुने उनले बताइन्। उनि सँगै आफू सरह उमेर भएका छिमेकी सबैले भत्ता बुझ्छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएपछि वृद्धवृद्धाको बाच्नी आसानै जगाएको छ । पहिला भत्ता नहुदाँ छोरा बुहारीले हेर्देन्की भन्नी डर थियो । अहिले भत्ताले नै मेरो जिन्दगी चल्छ । उनले सुनाईन् ।

हाडै हाड र नसा देखिने गरी दुब्लिएको शरीर । छाला चाउरी परेर मुजै मुजा परेको अनुहार । हिँडडुल गर्न मुस्किलले पाइला सर्छन् । पन्चमाया भत्ता बुझ जिल्लाको सदरमुकाम दमौली स्थित रहेको गण्डकी विकास बैंकमा आईपुगेकी हुन् । बैंक बाहिर केही समय पालो कुरे पछि गार्डले भित्र जानु भन्यो । हातमा नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड लिएर बैंक भित्र पसिन् । बैंक बाट बाहिर आउदाँ हजार हजारको नोट समाउदै खुसी हुदै बाहिरी आईन् अनि भनिन्, “अब यो पैसाले घर खर्च चल्नी भयो । नयाँ लुगा र चामल किन्छु ।” उनि मात्र होईन सोही ठाँउकी ८० वर्षिय रिमामाया राना पनि भत्ता पाएपछि खुसी भएकी थिईन् । उनले भनिन्, अहिले त ११ हजार पाएको छु । अब ऋण र्तिछु, अनि बाँकी पैसाले सामान लैजान्छु बजार बाट । ” उनले थपिन्,“लकडाउनमा घर चलाउन छिमेकी सँग सापटी लिएको थियो । तेही सापटी तिर्छु पहिला अनि अरुको सामान लैजान पार्ला । ” त्यस्तै ८२ वर्षिय सेरसनि वि.क र ८० वर्षय मतिमाय वि.कको घर खर्च नै भत्ता बाट चल्छ । अहिले आफुलाई आवश्यक पर्ने सामान भत्ताले नै किन्ने गरेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button