‘धारा आएपछि भान्सामा मात्रै होइन, करेसाबारीमा तरकारी सिचाइँ गर्न पुगेको छ’

म्याग्दे गाँउपालिका –१ ठूलाचौरमा खानेपानीको लागी कुवा लगायत नजिकका खोलामा पुग्नुपर्थ्यो। एक घन्टा पैदल हिडेर मात्र खानेपानी पाउन सकिन्थो । नुहाउने, गाईवस्तुलाई खुवाउने कुरा टाढाको बिषय थियो। तर, अब जतिबेला धारा खोल्यो उतीबेला पानी पाईन्छ । पानीको समस्या भोग्दै आएका विरबहादुर वि.क हिजो आज पानीको सुविधा भएको छ।

आँगनमा खानेपानीको धारा आईपुगेपछि उनि खुसी छन्।‘पानीको दुःख थियो। गर्मी सिजनमा झन् कुवामा पानी सुक्थ्यो। पानी खोज्न भौतारीनुपर्ने अवस्था थियो’ विगत सम्झदै वि.कले भने–‘अहिले धारा आइपुगेपछि भान्सामा मात्रै होइन, करेसाबारीमा तरकारी सिचाइँ पुगेको छ।’ वि.क मात्र होइन थानसिङबाट २०२५ सालमा बसाइँ सरी आएकी ८१ वर्षीया छलिमाया विकले ५२ वर्ष सम्म सजिलै खानेपानी पाउन मुस्किल थियो । उनलाई घरमा खाना भन्दा परिवारलाई पिउने पानी जम्मा गर्न सास्ती थियो । उनले भनिन्,‘ खानाभन्दा पनि पिउने पानीको चिन्ता थियो, पानीको जोहो गर्दा दिन बित्थो ।’

उनले थपिन्,“अहिले त घर अगाडी नै पानी आएको छ, अहिले त पिउनलाई मात्र होईन बारीमा सिँचाई गर्न समेत मिलेको छ । ” गाँउलेको आँखा अगाडी खोला बगेपनि गाँउमा पानीको हाहाकार थियो । दलित बस्तीको रुपमा चिनिने गाँउमा अहिले खानेपानी बाट ३७ घरधुरीका ३ सय जना लाभान्वित भएका छन् । उक्त दलित बस्तीमा खानेपानीको व्यवस्थापनका लागि २०६७ माघ १० गते तीर्थे खोला हात्तीखोर खानेपानी योजना दर्ता गरिएको थियो । तर लामो समय देखि उक्त बस्तीमा खानेपानीको योजना पर्न सकेको थिएन । स्थानिय सरकार, प्रदेश सरकार र स्थानियको लागतमा अहिले सबैको घर घरमा खानेपानी आएको हो ।

म्याग्दे गाउँपालिकाको ९ लाख २५ हजार गण्डकी प्रदेश सरकारको २ लाख ५० हजार र स्थानीयवासीको ४ लाख २५ हजार रुपियाँको जनश्रमदान गरी कुल १६ लाख रुपियाँको लागतमा खानेपानी योजना कार्य सम्पन्न भएको सचिव विकास खनालले जानकारी दिए । प्रदेश सरकारले पुनः ४ लाख रुपियाँ विनियोजन गरेपछि ट्यांकी निर्माणको कार्य पनि सकिने लागेको उनले बताए । उनले भने,“प्रदेश सरकारको एक घर एक धारा अन्र्तगत खानेपानीको योजना सम्पन्न भएको छ । ” उनले थपे, “खानेपानी ल्याउनको लागि स्थानियहरुले लामो समय देखि संघर्ष गरेका थिए । खानेपानीको अभावले गाँउ रित्तिनेक्रममा थियो । ” उक्त खानेपानीबाट त्यस क्षेत्रका बैरीडाँडा, पुरनडिही, जैसीथोक, डाँडाथोक, ठूलाचौरलगायतका बस्तीका बासिन्दा लाभान्वीत भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button