मुस्लिम महिलाहरु उद्यमी बन्दै

आत्मनिर्भर बने महिलाहरुले हेपिनु पदैन : सांसद खान

दमौली खबर संम्बाददाता
चैत ०६ दमौली, तनहुँको व्यास ४ मा रहेको निलकुमारी मिया फाउन्डेशनले पिछाडिएका महिलाहरुलाई उद्यमशिल बनाउन अग्रसर र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न थालेका छन् ।
जोसजाँगर भएर पनि कुनै अवसर नपाएर वञ्चित महिलाहरुलाई रोजगारी सिर्जना गरेको छ । सधै घरको चुलामा सीमित बनाइएका महिलाहरु आत्मा निर्भरको बाटो अगाल्न थालेका छन् ।

निलकमारी मिया फाउन्डेशनले खाली समयको सदुप्रयोग गरि आयआर्जनको बाटोतिर उन्मुख बनाएका छन् । मुस्लिम र मगर महिलाहरुलाई सिर्जनशिल उद्यमी बनाई सक्षम र आत्मानिर्भर बनाउने उद्देश्यले विभिन्न सिलाई काटिङ सम्बन्धि तालिमहरुको आयोजना गरी सीप प्रदान गरेर महिलाहरुलाई व्यवसायि बनाउन सहयोग पु¥याएको छ ।

महिलाहरुलाई लक्षित गरि स्थानीय श्रोत साधानको उपयोग गरी उद्यमसिलता तथा व्यवसायीमुखी बनाउने उद्देश्यका साथ फाउन्डेशनले उक्त कार्य शुरु गरिएको हो । उक्त फाउन्डेशनको प्रयासले निकै लोकप्रिय बन्दै गएको छ । समानुपातिक सभा सदस्य कलिला खानको पहलमा उक्त फाउन्डेशनल सञ्चालन गरिएको हो ।

आर्थीक रुपले पिछाडीएको महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले फाउन्डेशनल सञ्चालन गरिएको उनले बताईन् । तालिममा सहभागि भएकी सविना खातुनले अहिले आफू पनि काम गदै आफू जस्तै अरु दिदीबहिनीहरु सिकाउने मौका पाएको बताईन् । यो पेशाले आत्मानिर्भर बन्ने बाटो सिर्जना गरेको उनकोे भनाई रहेको छ । यस्तै मगर समुदायकी जुना गुरुङले लिईएको तालिमलाई व्यवसायी बनाउने बताएकी छन् । सुरु के गर्न कहाँ जाने भन्ने पिडा मात्रै थियो ।

आफन्तले निलकुमारी मिया फाउन्डेशनलले तालिम दिन्छ भनेपछि तालिममा फर्म भरे हामी ६ जनाले तालिम लिएका थियौ । अब आत्मा निर्भर भइन्छ भन्नेसम्म पुगेको उनको भनाई छ । फाउन्डेशनकी अध्यक्ष रुबिना खातुनले विभिन्न समुदायको महिलाहरुलाई समेटेर स्थानीय स्तरमै रोजगारी बनाउने उद्देश्यले तालिम दिईने गरेको बताइन् ।

उनले भनिन्, विभिन्न समुह गठन गरि दजानौ महिलाहरुलाई पनि तालिम दियौ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य विभिन्न समयमा तालिम दिने गरेको उनले बताईन् । बुधबार पनि मुस्लिम र मगर समुदायका महिलाहरुलाई दिईएको तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समानुपातिक सभा सदस्य कलिला खानले सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताईन् । आत्मनिर्भर बने महिलाहरुले हेपिनु नपर्ने उनले बताईन् । उनले भनिन,‘आर्थिक रुपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्यो भने कसैबाट पनि अपहेलित हुनु पर्दैन ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button