पूर्व सभामूख रानाभाटलाई मातृशोक

पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उनको आमा एवं प्रजातन्त्र सेनानी स्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको मंगलबार बिहान ८ः५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उनको छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए । उनि लामो समयदेखि बिरामी भएकी थिईन् ।

वि.सं. जन्म १९७७ असोज महिना बिजयादशमीका दिन जन्मिएकी रानाभाटको निधन ०७७ आषाढ २३ गते भएको हो । उनका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट हुनुहुन्छ भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहेका छ । यसैबीच नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वर्गिय रानाभाट प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । नेता जोशीले सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उनको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको जनाएका छन् । त्यस्तै तत्कालीन दोरदोर गा.वि.स हाल भानु नगरपालिकाको नेपाली कागे्रस गाँउ समितिका सुर्यनाथ आर्चाय, शरदभन्द्र पण्डित, तेजप्रसाद पौडेल, पदमबहादुर बोहोरा, श्रीकृष्ण पन्त र ज्ञानबहादुर बोहोरा लगायतकाका नेताहरु मिलेर गाँउ कार्य समिति गठन भएको थियो । ती मध्ये धेरै जसो नेताहरुको दिवङ्गत भई सकेको छ । असार २२ गते सोमबारका दिन श्रीकृष्ण पन्तको असमायिक निधन भएको प्रति नेता जोशीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । छोराहरु विष्नु ठाकुर, मङग्ल पन्त र परिवार प्रति जोशीले समवेदना व्यक्त गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button