व्यास नगरपालिका एक साताका लागि लकडाउन

दमौली, व्यास नगरपालिकाले एक साताको लागि लकडाउन गर्ने भएको छ । समुदाय स्तरमा कोरोनाको उच्च जोखिम देखिए सँगै सोमबार दिउँसोको १२ बजे देखि लकडाउन गरिने भएको छ । आईतबार नगरपालिकामा सर्वपक्षिय वैठकको भेलाले नगरपालिका एक साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । व्यास १ भादगाँउकी एक ६९ वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यको परीक्षणका क्रममा थप पाँचजनामा कोरोना संक्रमण देखिएको हो । नगरपालिकामा पनि समुदाय स्तरमा कोरोना देखिएपछि एक साता लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, “ केही दिन अघि छिमेकी भानु नगरपालिकामा कोरोना सामुदाय स्तरमा देखिएपछि यस पालिकामा पनि जोखिममा रह्यो ।

त्यसपछि यहि पालिकामा पनि समुदाय स्तरमा कोरोना देखिएपछि जोखिम न्युनिकरण गर्न लकडाउन गर्ने निर्णय गरेका हौं । ” गत चैत ११ देखि जारी गरिएको लकडाउन असारमा खुल्ना साथ बजारमा भिडभाड बढ्नाले कोरोनाको जोखिम निम्त्याएको उनले बताए । लकडाउन अवधिमा नगरभित्र स्वास्थ्य सेवा र सरसफाई बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गरिने उनले बताए । उनले थपे,“लकडाउनको अवधीमा समुदाय स्बांब संकलन लाई पनि तीव्रता दिईने छ । कन्टयाक्ट टे«सिङबाट स्वांब संकलन गरि जोखिम कम गर्ने छौं । ” लकडाउनको पालना गदै सबैलाई घरमै बस्न नगरप्रमुख न्यौपानेले आग्रह गरे । यस्तै नगर भित्रका सबै टोल विकास संस्थाहरुले निगरानी गरि शङकस्पद अवस्था देखिएमा तत्काल नगरपालिकाको स्वास्थ्य शाखामा सुचना दिन आग्रह गरिएको छ ।

यसैबीच आँबुखैरेनी गाँउपालिकाले पनि एक साता अत्यावश्यक सेवा बाह्ेक अन्य सेवाहरु बन्द गर्ने भएको छ । गाँउपालिकाको छिमेकी पालिकाहरुमा समुदाय स्तरमा कोरोनाको जोखिम बढेकोभ भन्दै गाँउपालिकाले पनि एक साताका लागि अत्यावश्यक सेवा मात्र संचालन गर्ने निर्णय भएको गाँउपालिका अध्यक्ष गिरबहादुर थापाले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button