रिसिङ गाउँपालिकद्धरा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली खबर संवाददाता
चैत १५ , दमौली
स्वास्थ्यकर्मिलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) को अभाव भईरहेको अवस्थामा तनहुँ रिसिङ गाउँपालीकाले शनिबार पिपिई सहितका स्वास्थ्य सामाग्री चिकित्सकलाई हस्तान्तरण गरेको छ । रिसिङ गाउपालिकाका अध्यक्ष राजेन्द्रकृष्णले स्वास्थ्यकर्मीलाई दश पिस पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । अन्य स्थानीय तहमा पिपिईको अभाव भईरहेको अवस्थामा रिसिङ गापाले काठमाडौं बाट उक्त सामाग्री ल्याएको जनाएको छ ।


यसैविच ऋषिङ गाउँपालीका ८ स्थित शिव सरस्वती मावि र रिसिङ ४ भिर्कोट स्थित स्वास्थ चौकीमा दशदश शैयाको क्वारेन्टाइन निर्माण गरिएको गाउपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्वारेन्टाइन संगै दुवै स्थानमा हेल्पडेक्स समेत स्थापना गरिने रिसिङ गाउपालीकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विश्वब्यापी रूपमा फैलीएको कोरोना भाईरसको रोकथामको लागि रिसिङ गाउपालीकाले पनि आफ्नो स्थानबाट काम अगाडि बढाईरहेको छ उहाले भन्नुभयो । गाउपालीकाको अभियानमा सबैको साथ र सहयोग हुने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।अत्यावश्यक काम बाहेकको समयमा घरबाट बाहिर ननिस्कन गाउँपालिकाको सर्बसाधारणमा अनुरोध समेत गरेको छ । विभिन्न जिल्लासहित राजधानीका अस्पतालमा सम्भावित संक्रमितको परीक्षणका लागि पिपिर्ईलगायत अत्यावश्यक सामग्री नहुँदा उपचारमा जुट्न चिकित्सक डराइरहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button