समाधान अस्पतालले व्यक्तिगत सुरक्षात्मक गाउन आफै बनायो

  • समिम् खान

समाधान अस्पतालले हालै आएको विपद र त्यसबाट देखिएको समस्यालाइ मद्धेनजर राखेर सरक्षलाई पहिलो प्राथमिकता राखी, ३ लेयरको व्यक्तिगत सुरक्षात्मक गाउन आफै बनाएको छौ, जसमा भित्रि भागमा कपडाको गाउन रहेको छ भने त्यो बाहिर जल तथा वायु रोधक गाउन रहेको छ जसमा टाउकोको कबज र पैतालाको कबज जडान रहेको छ र यो गाउनको तल्लो भागमा प्यान्ट जसरि बनाइएको छ ताकि हिड डुल गर्न सजिलो होस्| त्यसैगरी अन्तिममा आर्को लेयर छ त्यो पनि जल तथा वायु रोधक गाउन हो र यसमा टाउको र खुट्टाको र पैताला कबज छैन

बारम्बार स्थानीय तहमा अनुरोध गर्दा केहि सहयोग नआएको र आउन अलि समय लाग्ने भएको देखिने भएसी आफै यसलाई बनाउने जमर्कोमा लाग्यौ| त्यतिमात्र नभएर अस्पतालहरु खुला हुने तर जोरो आएको बिरामीलाई नहेर्ने गुनासो बिरामीबाट सुनेपछि हामीले अस्पतालमा आउने सबैलाई बराबर सेवा दिनुपर्छभन्ने सिद्धान्त, सामाजिक जिम्मेवारी र नैतिकताका अधारमा स्वास्थ्य सेवालाई झन् पूर्ण समर्पणको साथ् फराकिलो ढंगले सेवा पुराउने लक्ष साथ् अघि बढ्यौ| Sonam Gear नेपाली उच्च गुणस्तरिय कपडा बनाउने कमपनिको हेड डिजाइनर अन्चु पाण्डेसंग सल्लाह लिएसि, कपडा यहि दमौलीमा भेट्यौ र यसलाई सिलाउने जिम्मा बरेली टेलर्सलाइ दियौ| पहिलो चरणको गाउन चित्त नाबुझ्दो भएसी हामीले दोस्रो चरणको बनायौ र त्यो बन्ने समय सम्म सबैको सुरक्षाको लागि हामीले केहि सेवाहरुमा आंशिक प्रतिबन्ध गर्यौ जसले आउने बिरामीलाइ पनि सुरक्षित राख्यो | अनावस्यक भिड कम गराउन हामीले online counselling सुरु गरेका छौ तर यसलाई प्रभावकारी बनौन निकै समय लाग्ने छ |

त्यसैगरी हामीले आंशिक सेवा उपलब्ध २ दिन जति गर्यौ र त्यो बखत हामीले Lab लाइ भुइतलामा ल्यायौ भने छेउको आर्को घर पनि भाडामा लिएर Emergency (आपतकालीन सेवा) कक्ष ठुलो बनाएका छौ साथै OPD र Operation कक्ष पनि तल ल्याएका छौ | अस्पतालका डाक्टरहरु, नर्स तथा अन्य कामदारहरु घर जाने आउने गर्दा स्वयमलाइ लकडाउनमा गारो हुने र हिड डुल गर्दा अस्पतालमा हुन सक्ने सक्रमण बाटोमा तथा आफ्नो घरमा पनि पुग्न सक्ने खतराले गरेर हामीले हाम्रो सबै team लाइ सबै किसिमको सुभिधा अस्पतालमै उपलब्ध गराएका छौ र वहाहरु २४ घण्टा नै अस्पतालमा उपलब्ध रहनेछन स्वास्थ्य सेवाकालागि| स्वास्थ्य सेवा जनहितको लागि स्थापना गरिएको यो अस्पतालले धेरेइ सिखाएको छ र भविष्यमा हरेक स्वास्थ्य समस्याको समाधान यहि उपलब्ध गराउने दुरदृष्टिका साथ् अगाडी बढेको यो संस्था PPE नपाएको कारणले रोकिने छैन र बिना PPE अथवा बिना सुरक्षा व्यवसायकोलागि मात्र सामाजिक उपस्थिथि रहनेछैन|

समिम खान

अध्यक्ष्य समाधान अस्पताल प्रा. लि.

मालपोत लाइन, व्यास – २, तनहुँ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button