सागर उदासको ‘जम्काभेट’ बजारमा

नेपाली तारा सन्तोष लामाको आवाज र गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आईतबारबाट बजारमा आएको छ । गीतमा हरि लम्सालले संगित दिएका छन् । पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आरभी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षत्रीको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको रहेको छ । हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायांकन र सम्पादन रमेश शर्माले गरेका छन् । .पछिल्लो समय मोडलिङ्गमा सक्रिय मोडल सुदिप पौडेलले भिडियोको निर्देशन गरेका छन् ।

यस अघि मोडल पौडेलले गीतकार अमरराज नहर्कीको शब्दमा गायक नवराज थापाको श्वर रहेको ‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा पनि निर्देशन गरेका थिए । भिडियोमा रोशन शर्माले एसोसियट निर्देशक रुपमा काम गरेका छन् भिडियोले सबैको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । गीत हाइलाईस् नेपालको युटुब च्यानलबाट बजारमा आएको हो । गीतकार उदाश गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष हुन् । गीतकार उदाश लामो समयदेखि मिलन, बिछोड, सामाजिक विकृतिविसंगती, जिवन जगत तथा संघर्ष लगायतका विषयमा मन छुने गीत लेख्दै आएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button