प्रवीण मुत्यु प्रकरण : प्रहरीले जाहेरी लियो, वडाध्यक्षसहित १६ युवा नियन्त्रणमा (अपडेट)

दमौली खबर संवाददाता

दमौली, गत विहिबार तनहँुको भानु नगरपालिका वडा नं ५ र ६को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । मृत अवस्थामा फेला पर्ने युवा भानु १ भन्सारका २१ वर्षीय प्रवीण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । पोखरा ११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए ।
गत बुधबार घर बाटसाथी सँग निस्केका उनि वेपत्ता भएपछि खोजी कार्य सुरु भएको थियो। परिवारले भोलिपल्ट उनलाई मृत अवस्थामा भानु ६ कै फापर पानी खोल्सामा मृत भेटेका हुन्। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएका
थिए । उनी अरु तीन साथीहरूसँग घुमघाम र खानपिन का लागि गएका खुलेको छ । प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार खाजा खाने क्रममा स्थानीय युवासँग विवाद भएको थियो ।
त्यसपछि प्रवीण साथीसँगै त्यहाँबाट भागेका थिए। प्रविण सँगै गएका अरु तीन जना घर फर्किए पनि उनि घर न आएपछि खोजी गर्दा भीरबाट केही तल खोल्सामा उनको शव भेटिएको लामिछानेले बताए । उनको टाउको र कानमा चोट रहेको प्रहरी नायब उपरीक्षक लामिछाने जानकारी दिए। भाग्ने क्रममा उनी भीरबाट खसेको वा झडपमा ज्यान गएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन ।
उक्त घटनामा संलग्न भएको आशंकामा पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन नमानेको मृतकका बुबा बुद्धिराज गुरुङले बताए । ‘वडाअध्यक्ष प्रकाश मल्लकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको गुरुङको भनाई छ । यता प्रहरी नायब उपरीक्षक लामिछानेले घटनाको बारेमा सोधपुछको लागि वडाअध्यक्ष सहित १६ जनालाई नियन्त्रणमा लिईएको बताए । उनले भने, “मुतकको आफन्तलाई जाहेरी दिन भोलि आउनु भनेका थियौं । ” रातिको समयमा जारी दिन आएको र सुनेको आधारमा किटानी जाहेरीमा धेरैको नाम रहेको हुँदा दर्ता नभएको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button