सतर्कता अपनाउन नगर प्रमुख न्यौपानेको आग्रह

दमौली खबर संवाददाता
चैत १४ दमौली
व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ नयैपानेले कोरोना भाइरसको संकमणबाट जोगिन लकडाउनलाई पूर्ण स्वीकार गर्दै सबैको तर्फबाट सतर्कता अपनाउनु पर्ने बताउनु भएको छ । व्यास नगरपालिकाको तर्फबाट नगरवासीलाई शुक्रबार अनुरोध गर्दै न्यौपानेले सो कुरा बताउनुभएको हो । वैदेशीक रोजगावाट फर्किनुभएका स्थानीयलाई क्वारेन्टाहनमा पृथक रुपले वसिदिन अनुरोध गर्दै नगरप्रमुख न्यौपानेले आवश्यक परेमा विद्यालय, कलेज, आश्रममा त्यस किसिमको तयारी भइरहेको बताउनुभयो । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको क्रियापुत्री भवनमा ८ वटा आइसोलेशन वेड तयार गरिरेहको जानकारी दिनुहुदै न्यौपानेले शंका रहेका बिरामीलाई हरेक वडामा ५० जनाका दरले क्वारेन्टाहनमा राख्न व्यवस्थापन गरिएको बताउनुभयो । खाद्यन्नको सन्दर्भमा छोटो समयका लागी खोलिने पसलहरुमा भिड बढी लाग्ने भएकाले खाद्य वस्तुका पसल सञ्चालन अवधि लामो राखिएको प्रमुख न्यौपानेले स्पष्ट पार्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button