पहिरो बाट ज्यान गुमाएका परिवार राहत

दमौली खबर संवाददाता

तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेका आम्बहादुर थापालाई प्रदेश सरकारले राहात सहयोग गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार घटना स्थलको अनुगमन गदै सोमबार पहिरोमा परि पाँच जना सदस्य गुमाएका थापालाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट मन्त्री गुरुङले राहत रकम प्रदान गरेका हुन् । प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनेलाई प्रति मृतक, जिल्ला विपद् व्यवस्थापन समितिको तर्फ बाठ एक लाख, प्रदेश सरकार र स्थानिय तह बाट ५०÷५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निति रहेको छ । सरकारको सोही नीति अनुसार मंगलबार जिल्ला विपद्को तर्फ बाट प्रति मृतक एक लाख रकम उपलब्ध गराईएकोे प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । स्थानिय तहले भने घटना भएकै दिनमा राहत रकम उपलब्ध गराएको थियो । पिडितलाई राहत रकम हस्तान्तरण गदै मन्त्री गुरुङले विपद्को बेलामा भएको समस्यालाई सरकारले हेरी सहयोग गर्ने बताए । सो क्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी, प्रहरी उपरिक्षक अरुण पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button