मिनिमार्केट सञ्चालनमा आएपछि फुटपाथ व्यापारीलाई सहज

दमौली खबर सम्बाददाता
फागुन २६, दमौली । फुटपाथमा व्यापार गदैआएका व्यापारीले स्वरोजगार मिनी मार्केट सञ्चालन गरेका छन् । व्यास नगरपालिकाका लागि टाउको दुखाई बनेको दमौलीको फुटपाथको समधानको लागि स्वरोजगार श्रमिक संघ व्यास नगरपालिका कमिटिले मिनि मार्केट सञ्चालन गरेका हुन् ।
व्यास २ उत्तरशीला टोलमा करिब दुई रोपनी जग्गामा ’स्वरोजगार मिनि मार्केट’ नाम दिइए सञ्चालन गरिएको छ । स्वरोजगार श्रमिक संघका केन्द्रीय सदस्य एवं व्यास नगर अध्यक्ष विष्णु नेपालीले लामो समययता व्यापार गर्ने वातावरण नभएपछि विकल्प खोज्नुपरेको बताए । फुटपाथमा व्यापार गदै आएका व्यापारीहरुलाई लक्षित गरि मिनि मार्केट सञ्चालन गरिएको उनले बताए । दमौलीका व्यवसायी वृषराज श्रेष्ठको जग्गामा करिब ९९ वटा व्यापारिक स्टल छ । जस मध्ये अहिले सम्म ६० वटामा तरकारी तथा फलफुलको बिक्री स्टल रहेको छ । व्यास नगरपालिकाले सडक व्यापार हटाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको नेतृत्वमा समिति बनाएर जिल्ला समन्वय समितिको जग्गा पनि उपलब्ध गराएको थियो ।
तर सो जग्गा व्यापारिक हिसाबले उपयुक्त नभएको भन्दै व्यापारी पछि हटेपछि उनीहरु आफैले निजी जग्गाको खोजी गरेर मार्केट स्थापना गरि सञ्चालन गरेका हुन् । हाल बिहान र बेलुका मात्र सडक छेउमा व्यापार गर्ने अनुमति पाएका व्यवसायीले अब आफ्नै मार्केटमा सहजतापूर्वक व्यापार भएको उनिहरु बताउन्छन् ।
विगत १२ वर्ष देखि फुटपाथमा व्यापार गदै आएकी मिना वि.कले शान्त र बिना डर मार्केटमा व्यापार गर्न पाएको बताईन् । नगरपालिकाले फ्ुटपाथमा व्यापार गर्न नदिएपछि फुटपाथमा व्यापार गदै आएका व्यापारिहरु आफनो पेशा छोडनुपर्ने बाध्यता आएको थियो । फुटपाथ व्यापारीहरु नै मिलि मिनि मार्केट सञ्चालन गर्दा नगरपालिकालाई पनि सहज भएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button