गाँउ डुल्ने संक्रमीतलाई पाँच हजार जरिवाना

होमक्वारेन्टिको मापदण्ड पालना नगरि गाउँ डुल्दै हिँडेका एक संक्रमीत युवकलाई शुक्लागण्डकी नगरपालिकाले जरीवाना गरेको छ । सोमबार कोरोना सङक्रमण पुष्टि भएका शुक्लागण्डकी नगरपालिका–११ का २३ वर्षीय युवकलाई पाँच हजार रुपैयाँ जरीवाना तोकिएको हो । भारतीय सेनामा कार्यरत ती युवा बिदामा घर आई होम क्वारेन्टिनमा बसेका थिए । ।शुक्रबार पिसीआर परीक्षणका लागि स्वाब दिनुभएका ती युवकले रिपोर्ट नेगेटिभे आएको भन्दै भन्दै गाउँ डुलेका थिए । तर उनको २९ गते पीसीआर परीक्षण रिपोर्ट आयो । रिपोर्टले उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

उनमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दा उनले धेरै व्यक्तिसँग सम्पर्क गरेको खुलेको छ । साथी भाईसँग भेट्नुका अलावा उनले भोजभतेरमा समेत गएको खुलेको छ । ‘उनले ४० जनासँग सम्पर्क कायम गरेको भेटियो,’ स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले भने,‘घरमै बस्छु भनेर भनेका व्यक्ति भोजभतेरमा गएको पाइएपछि जरिवाना गरेका छौं ।’ । लापरवाही गर्ने क्रम बढ्दै गएकाले सचेत बनाउन कारबाही गरिएको उनले बताए । सङ्क्रमित ती युवकको सम्पर्कमा आएका ४४ जनाको पहिचान भएको छ । उनीहरुको बिहीबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पोखरा पठाएको पठाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button