नबिल बैंकले ल्यायो ‘नबिल चाडपर्व’ योजना

दमौली खबर सम्बददाता

असोज ५, नबिल बैंकले चाडपर्वलाई मध्यनजर गरी ‘नबिल चाडपर्व’ योजना ल्याएको छ।

बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना ल्याएको हो।

बैंकले निक्षेपको ब्याज दर बढाएको छ। बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई बार्षिक नौं प्रतिशत ब्याज दिने बैंकले जनाएको छ।

यस्तै बैंकले एक बर्षसम्मको मुद्दतिको ब्याज पनि बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। २ बर्षभन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याज दिने, ५ बर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ।

 

घर कर्जा ७.४९५ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्ट ७.९९५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ।

एक करोड सम्मको कर्जा ७.४९५ र एक करोडभन्दा माथिको कर्जामा ७.९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ।

बैंकका अनुसार यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button