कोरोनाको संक्रमण फैलन नदिनका लागि देवघाट गाउँपालिकाले बढायो सतर्कता

दमौली खबर संवाददाता
चैत १७ दमौली
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को संक्रमण फैलन नदिनका लागि देवघाट गाउँपालिकाले थप सतर्कता बढाएको छ। गाउँपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पालिकालाई आग्रह गरिएको छ । लकडाउनको पाँचौं दिनसम्म भएको व्यवस्थापन भएका प्रयास र अब गरिनु पर्ने योजनाबारे देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष यालबहादुर गुरूङको संयोजकत्वमा शनिबार बैठक बसेको छ  बैठकमा सरकारले आव्हान गरेको लकडाउनलाई थप प्रभावकारी बनाउने र नागरिकहरुले यसलाई सफल बनाउन सहयोग र्पुयाउन अनुरोध गर्ने, सुरक्षाकर्मीलाई अविलम्व सवारी साधन उपलव्ध गर्राई क्रियाशील गर्राई प्रवेश नाकाहरूमा बिशेष ध्यान र्पुयाउने, स्वास्थ्यकर्मीहरूलाई आवश्यक स्रोत साधन उपलव्ध गर्राई विभिन्न केन्द्रहरूमा २४सै घण्टा सेवा उपलव्ध गराउने लगायतका निर्णय भएको बताइएको छ ।

उक्त बैठकमा विभिन्न मुलुकबाट गाउँ आएका २७ जनाको होम क्वारेनटाइनलाई उच्च निगरानी गर्ने, अब उप्रान्त विदेशबाट आउनेलाई गाउँपालिकाले छुट्टै क्वारेन्टाइनको अविलम्व व्यवस्था मिलाउने, एउटा एम्वुलेन्सलाई देवघाटमा तयारी अवस्थामा राख्ने, देवघाटमा रहेको धार्मिक पार्क समेत बन्द गराइ मठ मन्दिर, आश्रम, गुम्वा आदिमा हुने सत्संग स्वाध्याय, सामुहिक भजन किर्तन बन्द गर्ने, दैनिक उपभोग्य वस्तु सेवा उपलव्ध गराउने व्यवसायिहरूले हरेक दिन बिहान ७ देखि ९ बजे र अपरान्ह ४ देखि ६ बजेसम्म वस्तु सेवा सावधानीपूर्वक उपलव्ध गराइ होम डेलिभरी पनि गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

देवघाटमा हालसम्म कसैमा संक्रमण नदेखिए पनि यो स्थल एउटा ट्रान्जिट पोइन्टमा रहेको हुनाले संक्रमणको उच्च जोखिममा रहेको निश्कर्ष्निकाल्दै लकडउनलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधिहरूको अगुवाइमा विभिन्न टोल विकास संस्थाहरू मार्फ काम गर्ने, लकडाउन थप लम्बिन पनि सक्ने भएकोले यसबाट निरपेक्ष तहमा पर्न सक्ने असरलाई केन्द्रमा राखि सम्बन्धित वडाले त्यस्ता घर परिवारको मापदण्डका आधारमा लगत तयार गरी राहत उपलव्ध गराउने लगायतका निर्णय भएको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button