फिरफिरेमा ढिडो खाने प्रतियोगिता !

गुरुङ समुदायको महत्वपुर्ण पर्व हो तमु ल्होसार । गुरुङ बाहुल रेहेको बस्तीमा पुस १५ गते यो पर्व धुमधामका साथ मनाईन्छ । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी ल्होसार मनाउने भएका छन् ।

तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा विभिन्न प्रतियोगिता हुदैँछ । वडाध्यक्ष मनराज गुरुङका अनुसार यहाँ ढिडो खाने प्रतियोगिता पनि आयोजना गरिएको छ । ‘यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिडो खान सक्छन् , उही विजेता हुनेछ’, उनले भने । ढिडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाई छ । पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ । तर, माग भने बढ्दो छ । निकै पौष्टिक आहार मानिने कोदोको परिकार होमस्टेदेखी तारे होटलसम्म माग हुने गर्दछ ।

यस्तै ल्होसारको अवसरमा डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरिय भलिबल प्रतियोगिता लगायत हुनेछ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका ८ गाउँलाई ८ समुहमा विभाजन गरी फरक फरक खानाको परिकारसहित सामुहिक भोज हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रर्दशन हुने वडाध्यक्ष गुरुङ बताउँछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button