विद्यार्थीलाई लायन्सको न्यानो कपडा

दुलेगौँडा ः लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर वितरण गरेको क्लबका तृतिय उपाध्यक्ष गौरवराज रानाले बताए । लायन्सका को चिफ एडभाईजर विनोद ढुंगाना र क्लबका अध्यक्ष भिमलाल श्रेष्ठले विद्यार्थीलाई स्विटर वितरण गरे ।

विद्यालयमा अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन स्विटर वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । यस्तै, लायन्स क्बल अफ तनहुँ खैरेनीटारले म्याग्दे–६ सर्वलाङस्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ३० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको क्लबका द्धित्तिय उपाध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button