गजल

– राजेन्द्र पौडेल

दुखायाै तिमीले दुख्याे भित्र छाती
दियाै चाेट कस्ताे झनै दुख्छ राती

भिरालाे उकालाे सगै चढ्न भन्थ्याै
तिमी मात्र चढ्दै गयाै माथि माथि

चढी ढाड टेक्दै पुग्याै टाउकामा
र घाँटी निमाेठ्याै कठालाे समाती

थियाे क्वै जमाना थियाै हाई हाई
थिएनन् धरामा छ भन्ने नजाति

गयाै रङ्ग फेर्दै भुल्याै लक्ष्य वाचा
पछारेर अाफ्ना गर्‍यौ कर्म घाती

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button