दुलेगौंडा, हर्कपुर सडक निर्माणमा अनुगमन गरौं

निदाएको मान्छेलाई उठाउन सकिन्छ तर निदाएको बाहाना गर्नेलाई उठाउन सकिन्छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निर्माण भइरहेको दुलेगौंडा– हर्कपुर मोटर मार्गमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग भएपनि वास्ता गरिएको छैन मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् तर सुनुवाई भएको छैन ।

सडक निर्माणको जिम्मा पाएको काठमाडौंको शङ्कर माली निर्माण सेवाले हाल सोही सडकखण्डमा टेवा पर्खाल, कल्भर्ट तथा नाली लगायतको निर्माणको काम गरिरहेको छ । सडक पूर्वाधारको रुपमा रहेको ती काममा निर्माण कम्पनीले कमसल बालुवाको प्रयोग गरेको उपभोक्ताले गुनासो गरेका छन् । एक नम्बरी बालुवाको प्रयोग गर्नुपर्ने ठाउँमा माटो मिसिएकोे तथा आकार नमिलेको बालुवमा प्रयोग गरेको छ । ठेकदारले बढी मुनाफा कमाउन गुणस्तर नभएको सामग्री प्रयोग गरिएको भनि उपभोक्ताहरुले बिरोध गरेका छन् । यो समाचार सञ्चार माध्यममा समेत आईसकेको अवस्था छ । शुक्लागण्डकीमा नेपालकै नम्बर एक बालुवा पाइने ठाउँमा सबैभन्दा खराब बालुवा राखेर काम गरिएको छ यस्तो कार्य मिलेमतोमा गरिएको हो । नाला तथा टेवा पर्खाल बनाउने क्रममा मिक्सरको प्रयोग गरिएको छैन । मिक्सरले प्रयोग गर्दा राम्रोसँग घुलिने भएकोले बलियो हुने थियो तर मिलोमतो गरिएकोले त्यसमा अनुगमन नै भएको छैन । अनुगमन गरी दोषीलाई कारबाही गर्न ढिला हुनुहुँदैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button