गजल

कसरी गर्न सक्छौ देश विकास ? पत्ता लगाऊ
सत्तासीन छौ , के दिन्छौ निकास ?पत्ता लगाऊ

सडकमा ओर्लीसके राता झण्डा तिम्रा विरुद्ध
किन लोकतन्त्रमा जनता निराश? पत्ता लगाऊ

म त लोकतन्त्र र गणतन्त्रको पहरेदार हुँ र छु
कोबाट टुट्दैछ जनताको आश? पत्ता लगाऊ

सधैं रोइलो अनि खोइरो कसरी चल्न सक्छौं ?
कतै भ्रष्टाचारी त छैनन् आसपास? पत्ता लगाऊ

कसरी गुणगान गाउँ म तिम्रा बिकासे काममा?
पात हल्लनलाई चल्नु पर्छ बतास पत्ता लगाऊ

जनताले चाहेको सुखी नेपाली, समृद्ध नेपाल
सरकार ! बनाउने कसरी हो खास ? पत्ता लगाऊ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button