चापाघाटमा टयाक्टर दुर्घटनामा चालकको मृत्यु

दमौली खबर संवाददाता
दमौली, काक्तिक १९ ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा शुव्रmबार ४ः४० बजे भएको टयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । लमजुङ मध्य नेपाल नगरपालिका २ दुई पिप्ले निवासी २५ वर्षीय टयाक्टर चालक सञ्जय श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव बिष्टले जानकारी दिनुभयो ।
घाईते भएका श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा चिकित्सकले शुक्रबार साँझ मृत घोषण गरेको ट्राफिक बिष्टले बताउनुभयो ।  ट्याक्टर अनियन्त्रिक भई सडकको नालीमा खस्दा सो दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।
 । खैरेनीटार वाट ईट्टा वोकेर दमौली आउदै गरेको ग १ त ६७३५ नक्बरको टयाक्टर दुर्घटनामा श्रेष्ठको मृत्यु भएको उहाँले बताउनुभयो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button