विपन्नका लागि सञ्चालनमा आयो व्यास नगर समता विद्यालय

दमौली खबर संवाददाता
तनहुँ, भदौ २२ गते ।  तनहुँको व्यास पालिकाले आवास, खाना, खाजा सुविधा सहितको समता विद्यालय सञ्चालनमा ल्याएको छ । अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याउन लागिएको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।
वडा नम्बर –७ को  शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा  समता विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाईएको नागिलाले जानकारी दिनुभयो । विद्यालय कक्षा ५ सम्म सञ्चालनमा ल्याईएको र क्रमश कक्षा थप गर्दै लैजाने नगरपालिकाले जनाएको छ ।
 ४३ जना बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । नगरपालिका  भित्रका धार्मिक विद्यालयहरु, मातृ भाषामा  शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको छ । नगरपालिका अनुसार व्यास नगरपालिका भित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धि अतिरिक्त पाठ्क्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button